मेलम्चीको पानी काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन
काठमाडौँ,२० चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौँको खानेपानी समस्या समाधान गर्नुका साथै वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्न विश्वास व्यक्त गर्नुभएको छ ।
मेलम्ची खानेपानी आयोजना खानेपानी वितरण कार्यको आज काठमाडौँमा एक कार्यक्रमका विच शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । आयोजनाले खानेपानी समस्या समाधान गर्नुका साथै उपत्यकाका जलाधार क्षेत्रहरूको संरक्षणमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाबाट दीर्घकालसम्म लाभ लिनका लागि यसको सफल कार्यान्वयन र उचित संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको जलश्रोतको संरक्षण तथा पानीको दिगो उपभोग सुनिश्चित गर्न विश्वविद्यालय एवं प्राज्ञिक संस्थाहरूलाई आवश्यक अध्ययन–अनुसन्धानमा जोड दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण फैलिएको विश्वव्यापी महामारीका समयमा समेत सरकारले विकास निर्माणका काम प्रभावित हुन नदिएको र त्यसैको परिणाम स्वरूप मेलम्ची लगायतका राष्ट्रिय गौरवका आयोजनाहरू पुरा हुने चरणमा पुगेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र मेलम्ची आयोजनाका सहायक आयोजनाहरू याङ्ग्री र लार्के खोलाको पानी समेत काठमाडौँ ल्याएर वितरण गर्ने गरी काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड लिटरका दरले कूल ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने लक्ष्य रहेको छ । जसमध्ये आयोजनाको पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याउने काम सम्पन्न भएको छ भने आजदेखि औपचारिक रूपमा ग्राहकको धारामा पानी पुगेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















