वालिङमा लोक दोहोरीगीत प्रतियोगिता


वालिङमा,२४ फागुन–राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले प्रतियोगितात्मक दोहोरीगीत कार्यक्रम गर्ने भएको छ । लोक दोहोरीगीत स्थापना दिवसका अवसरमा प्रतिष्ठान यहि फागुन २८ र २९ गते प्रदेश स्तरीय लोक दोहोरीगीत प्रतियोगिता २०७७ को आयोजना गर्ने भएको हो ।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका नौ वटै जिल्लाबाट छनौट गरी सहभागी गराइने प्रतिष्ठानले जनाएको छ । शनिबारसम्म आठ वटा जिल्लामा छनौट प्रक्रिया सम्पन्न भैसकेको छ भने आइतबार स्याङ्जामा प्रतियोगितात्मक कार्यक्रम गरी छनौट गरिएको छ ।
वालिङमा आइतबार आयोजित प्रतियोगिताबाट प्रकाश पराजुलीको समूह प्रथम भई प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट भएको छ । जिल्लाका चार समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
छनौट भएका समूहलाई पुरस्कार प्रदान गर्दै उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य सँघका अध्यक्ष शोभाकान्त पौडेलले नेपाली लोक संस्कृतिको संरक्षण सम्वद्र्दनमा लोक तथा दोहोरीगीत प्रतिष्ठानले संस्थागतरुपमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अध्यक्ष पौडेलले लोक संगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले वर्चस्व कायम राखेका छन् र यो सुखद पक्ष हो , यसलाई निरन्तरता दिन अग्रजहरुको साथ लिएर नयाँ पुस्ता लाग्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः १ लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ३३ हजार ३ सय ३३ र ११ हजार १ सय ११ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal