दलित पत्रकार संघ स्याङ्जाको अध्यक्षमा नारायण विश्वकर्मा
स्याङ्जा,२३ फागुन–राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्याङ्जा शाखा अध्यक्षमा नारायण विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिबार गल्याङमा भएको भेलाले विश्वकर्मालाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको उपाध्यक्षमा पुर्णिमा परियार, सचिवमा प्रकास सुनार, सह–सचिवमा सिता परियार, कोषाध्यक्षमा सुदिप थापा (विश्वकर्मा) सदस्यमा मोहन सुनार, विनोद घतानी, प्रदिप विश्वकर्मा र विक्रम परियार निर्वाचित हुनु भएको छ ।
गल्याङमा भएको भेलालाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित समुदायबाट जन्मेका हजारौँ महान प्रतिभाहरु झुपडीमा हराईरहेको बताउनुभयो ।
दलित आन्दोलनमा योगदान पुराएका जुझारु नेताको र मुलुक परिवर्तनको क्रममा विरगती प्राप्त गरेकाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियककरण गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना भएका बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले दलित समुदायको क्षमता अभिबृद्धि र आर्थिक उपार्जनका विषयमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाई, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकास शर्मा लगाएतले बोल्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















