दलित पत्रकार संघ स्याङ्जाको अध्यक्षमा नारायण विश्वकर्मा
स्याङ्जा,२३ फागुन–राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्याङ्जा शाखा अध्यक्षमा नारायण विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिबार गल्याङमा भएको भेलाले विश्वकर्मालाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको उपाध्यक्षमा पुर्णिमा परियार, सचिवमा प्रकास सुनार, सह–सचिवमा सिता परियार, कोषाध्यक्षमा सुदिप थापा (विश्वकर्मा) सदस्यमा मोहन सुनार, विनोद घतानी, प्रदिप विश्वकर्मा र विक्रम परियार निर्वाचित हुनु भएको छ ।
गल्याङमा भएको भेलालाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित समुदायबाट जन्मेका हजारौँ महान प्रतिभाहरु झुपडीमा हराईरहेको बताउनुभयो ।
दलित आन्दोलनमा योगदान पुराएका जुझारु नेताको र मुलुक परिवर्तनको क्रममा विरगती प्राप्त गरेकाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियककरण गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना भएका बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले दलित समुदायको क्षमता अभिबृद्धि र आर्थिक उपार्जनका विषयमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाई, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकास शर्मा लगाएतले बोल्नुभएको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















