सरकार रचनात्मक कार्यमा लागेको छ ः मन्त्री अर्याल
स्याङ्जा,२१ फागुन–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताउनुभएको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।

नेपाली जनताको संघर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसग हातेमालो गरेर अगाडी बढ्ने बताउदै मन्त्री अर्यालले सरकरले इतिहास रच्ने बताउनुभयो । मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनुभयो ।
जिल्लाको विकासको लागि सबै क्षेत्रमा आफुले सक्दो पहल गर्ने बताउदै मन्त्री अर्यालले ज्याग्दी करिडोरको स्तरोन्नतिका लागि आफुले पहल गर्नुका साथै अस्पताल, सडक कोलोपत्रे गर्ने काम जिल्लामा भइरहेको बताउदै विकास निर्माणका काममा बिरोध भन्दा पनि सहयोग गर्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो ।

आमा समुह, सामुदायिक भवन र खेल मैदानका निम्ति सक्दो सहयोग गर्ने मन्त्री अर्यालले बताउनुभयो । तीन दिन सम्म संचालन हुने अध्यक्ष कपमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेकपा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे(पारस) नेपाली कांग्रेसका नेता युवराज के.सी लगायतले भलिवल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । भलिवल प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्तोना पुरस्कार क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफि मेडल र प्रमाण पत्र रहेको गाउँपालिकाले जनाएको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















