कम्युनिष्ट शान्तिदूत पनि हुन्, तीन बुँदेमा प्रतिबद्ध छौं ः विप्लवल
काठमाडौं, २१ फागुन–मुलधारको राजनीतिमा प्रवेश गर्नुभएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताउनुभएको छ । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उहाँले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिनुभएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै नेता विप्लवले भन्नुभयो, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’
उहाँले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेको बताउदै, ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन, हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उहाँले भन्नुभयो । नेता चन्दले देउडा गीतलाई उद्धृत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिनुभयो । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको समेत चन्नेल बताउनुभयो । उहाँले सुनाउनुभयो, ‘मैले उहाँलाई भनेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस् । हामी कसैको भाग खोसेर, हमला गरेर होइन, जनताको श्रममाथि उभिएर देश बनाउनेछौं । हाम्रो छलफल भएको थियो ।’
सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको नेता चन्दले बताउनुभयो । विप्लवले शहिदको सपना मर्न नदिने उहाँको भनाइ थियो । स्रोत नेपाल प्रेस
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















