कम्युनिष्ट शान्तिदूत पनि हुन्, तीन बुँदेमा प्रतिबद्ध छौं ः विप्लवल

काठमाडौं, २१ फागुन–मुलधारको राजनीतिमा प्रवेश गर्नुभएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताउनुभएको छ । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उहाँले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिनुभएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै नेता विप्लवले भन्नुभयो, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’
उहाँले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेको बताउदै, ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन, हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उहाँले भन्नुभयो । नेता चन्दले देउडा गीतलाई उद्धृत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिनुभयो । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको समेत चन्नेल बताउनुभयो । उहाँले सुनाउनुभयो, ‘मैले उहाँलाई भनेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस् । हामी कसैको भाग खोसेर, हमला गरेर होइन, जनताको श्रममाथि उभिएर देश बनाउनेछौं । हाम्रो छलफल भएको थियो ।’
सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसुस भएको नेता चन्दले बताउनुभयो । विप्लवले शहिदको सपना मर्न नदिने उहाँको भनाइ थियो । स्रोत नेपाल प्रेस

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal