फेदीखोला गाउँपालिकाद्वारा मजदुर संचित कोष कार्यान्वयनमा

स्याङ्जा,२० फागुनंं–फेदीखोला गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अपठ्यारो परेको बेला कोही नहुने तथा आर्थीक अवस्था कमजोर हुने मजदुर वर्ग लाई लक्षित गरी गाउँपालिकाले मजदुर संचित कोष कार्यान्वयनमा ल्याएको हो । मजदुरले दैनिक रुपमा काम गरेर आम्दानी गर्ने गरे बचत गर्ने बानी नहुदा बिभिन्न समयमा आउने समस्याहरुको समाधान गर्न असहज हुनुका साथै शिक्षा, स्वास्थ्यमा समेत समस्या आउने भएकोले मजदुर वर्गको लागि कोषको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच मजदुरहरुलाई परिचय पत्र वितरण कार्य शुरु गरेको हो । मजदुरहरुलाई परिचयपत्र वितरण गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले दैनिक ज्यालादारी गर्ने मजदुरहरु लाई लक्षित गरी गाउँपालिकाले कार्यन्वयनमा ल्याएको मजदुर संचित कोष कोसे ढुंगा सावित हुने बताउनुभयो ।
मजदुरका परिवारको आर्थीक अवस्था मजबुत बनाउन तथा उनीहरुको शिक्षा, स्वास्थ्य, आवास निर्माण, पोषण जस्ता आधारभूत आवश्यकत्ताको सुनिश्चित गर्ने गरी ल्याइएको मजदुर संचित कोषले मजदुरहरुको जीवनयापनमा परिर्वत ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य एवं विद्यायन समितिका सभापति मोहन प्रसाद रेग्मीले मजदुर संचित कोष, युवा उद्यम जस्ता लोकप्रिय कार्यक्रमहरु ल्याएर फेदीखोला गाउँपालिकाले जनताले प्रत्यक्ष अनुभुती गर्ने गरी काम गरेको बताउनुभयो ।


पालिकाको मजदुर संचय कोष सञ्चालन कार्यविधि, २०७७ बमोजिम पालिका भीत्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको फेदीखोलागाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । गाउँपालिकाले आफ्नै घर भए÷ नभएको, परिवारमा रोजगार छ÷छैन आश्रित परिवारको सख्या लगाएत मजदुर छनौटका आधारहरु तयार पारिएको गाउँपालिका अध्यक्ष सुवेदीले बताउनुभयो ।
गाउँपालिकाको मजदुर सूचिमा सूचीकृत मजदुर मात्र उक्त संचयकोषमा आवद्ध हुन पाउने छन । सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुदाँ प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरे पश्चात पालिकाको तर्फ बाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा बचत गर्ने व्यवस्था गरिएको छ । मजदुरले पालिका बाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य विमा लगाएतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ । गाउँपालिकाले मजदुर संचितकोष कार्यन्वयनमा ल्याए सँगै यहाँका मजदुरहरु हर्षित भएका छन् ।


फेदीखोला गाउँपालिकाले युवा उद्यमी कार्यक्रम सञ्चालन गरी कृषक सँग सम्झौता समेत गरेको छ । पालिका भीत्र रहेका उद्यमी व्यवसायीको समूहलाई प्रोत्साहन गर्न गाउँपालिकाले बिना व्याज बिना धितो ५ लाख रकम ऋण दिने व्यवस्था समेत गरेको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal