महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान

वालिङ,५ फागुन–वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले महिलाहरुले आफ्नो पहिचान बनाउनका लागि सँधै तत्पर रहनुपर्ने बताउनुभयो ।
उपप्रमुख तिवारीले जिम्मेवारी सहित सक्रिय भूमिकामा रहन सुझाव दिँदै आवश्यक सहयोगका लागि सँधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले महिला सदस्यहरुबीच भएका समस्या, संभावनाहरुको आदानप्रदान एवं असल अभ्यासका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै परियारले एउटा वडामा भएका असल अभ्यासहरु अन्य वडाहरुले अनुशरण गर्दै आगामी दिनमा नीति तथा कार्यक्रमहरु बनाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal