बेलायतका लागि नव नियुक्त राजदूत रेग्मीलाई वालिङमा सम्मान

वालिङ,५ फागुन–बेलायतका लागि नव नियुक्त नेपालका राजदूत लोकदर्शन रेग्मीलाई बुधबार वालिङ नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । वालिङ नगरपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाकोतर्फबाट सम्मान गर्नुभएको हो ।
स्वागत तथा सम्मान कार्यक्रमा बोल्दै राजदूत रेग्मीले दुनियाँकै समृद्धशाली मुलुकको सूचिमा रहेको बेलायत र नेपालबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले वालिङ नगरपालिका र बेलायतका कुनै नगरबीच एकापसमा भगिनी सम्बन्ध कायम गरी नयाँ नयाँ सीप, शिक्षा तथा संस्कृतिका क्षेत्रमा भएका असल अभ्यासहरुको आदान प्रदान गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

उहाँले आँफू पनि वालिङ नगरपालिकाको बासिन्दा भएकाले यहाँको विकासका लागि आँफू सकारात्मक रहेको बताउँदै आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राजदूत रेग्मीले वालिङको विकासका लागि गर्नुभएको सहयोगको प्रशंसा गर्दै नगर प्रमुख खाँणले आगामी दिनमा पनि आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा पूर्व नगरप्रमुख लालचन्द्र गैह्रेले देश विदेशमा सफलता मिलोस भन्दै रेग्मीको कार्यप्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

ताजा

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal