पकानमा प्रथम आलु महोत्सव हुने
वालिङ,१ फागुन–भीरकोट नगरपालिका ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । यही फाल्गुन ७ र ८ गते प्रथम आलु महोत्सवको तयारीका लागि शनिबार छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा नगरप्रमुख छायाराम खनालले जिल्लामै पहिलो पटक आयोजना गरिएको आलु महोत्सवले कृषकहरुलाई प्रेरणा र उत्साहा जागेको भन्दै कृषिमा नयाँ आयाम थपिने बताउनुभयो ।
महोत्सव आयोजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले आलु महोत्सवबाट यस क्षेत्रका स्थानीयको मात्र नभई समग्र भीरकोट नगरपालिका र जिल्लाकै लागि राम्रो भएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष यामप्रसाद अधिकारी, पत्रकार अमृत अर्याल, कृषक पोतप्रसाद तिवारी, मोतिलाल पौडेललगायतले बोल्नुभएको थियो । कृषिको लागि निकै संभावना रहेको पकान फाँटमा यसपटक कृषकहरुले सामुहिक आलु खेति गरेका छन् ।
पकान फाँटमा यस पटक ३ सय रोपनी क्षेत्रफलमा सामुहिक आलु खेति गरिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















