किसानले मूल्य नपाउने र उपभोक्ताले बढि तीर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ः मन्त्री अर्याल


काठमाडौं,१ फागुन– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिने बताउनुभयो । मन्त्री अर्यालले किसानले मूल्य नपाउने र उपभोक्ताले बढि तीर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउदै मन्त्रालय किसानलाई आफ्नो पेशा प्रति सन्तुष्ठ हुने अवस्थाको सिर्जना गर्ने गरी मन्त्रालयले काम गर्ने बताउनुभयो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
किसानको श्रम, लगानी, पसिनाको मूल्य संगै मुनाफा हुने गरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो ।
मुलुकको समृद्धी कृषि क्षेत्रबाटै गर्न सकिनछ भन्नेमा सरकार दृढछ कृषिको सम्भावना, वातावरणीय प्रभाव लगायतका कुराहरुको मुल्याङ्कन गरेर यस क्षेत्रका सम्भावनाहरुलाई लिएर अगाडी बढेमा मुलुक समृद्ध बन्नबाट कसैले रोक्न नसक्ने समेत मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले १५ औं योजनामार्फत समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने योजना अगाडी सारेका छौ । १६ योजना नपुग्दै हाम्रो मुलुकको माथिल्लो स्तरको आर्थिक विकास प्राप्त गर्न सक्छौ भन्ने विश्वास हामीले गरेका छौ ।’
उत्पादन र बजारलाई सँगै लैजानुपर्ने भन्दै मन्त्री अर्यालले सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्र सँगसँगै जानुपर्छ । मन्त्री अर्यालले भन्नुभयो, ‘विकासको दिशामा सरकार एक्लै होइन सरकारी, गैरसरकारी र नीजि क्षेत्र, सहकारी सबै क्षेत्रबीच साझेदारी गरेर जाने हो भन्ने कुरामा सरकार दुबिधामा छैन ।’
आजको आवश्यकता कृषिको व्यवसायिकता भन्ने कुरा राज्यले भनिसकेको भन्दै उहाँले त्यसलाई कार्यान्वयन गर्नका निम्ती सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू गरेको बताउनुभयो । ‘कृषिमा अब औजारको प्रयोग, यान्त्रिकिकरण गर्दै अब हामी उत्पादन बढाएर आयातलाई न्यूनिकरण गर्ने हो । आयातलाई न्यूनिकरण गर्नका निम्ती हामीले उत्पादन बढाउनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘उत्पादन बृद्धी गरेर कृषि क्षेत्रको व्यवसायिकिकरण, यान्त्रिकिकरण र बजारीकरणलाई सँगसँगै लैजान आवश्यक छ । त्यसमा गुणस्तरियता कायम गर्ने । राज्य त्यै ढंगले अगाडी बढेको छ ।’
बजारलाई सबल बनाउनका निम्ती बजार बिस्तार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले त्यसका निम्ती सरकारले संघीय, प्रादेशिक र स्थानीय बजार गरी ३ खालको बजारको परिकल्पना गरेको बताउनुभयो ।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले हिजोभन्दा अहिले केही सुधार गरेको देखिएपनि व्यवहारतः अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिँदै उहाँले स्टलसँ जोडिएका केही कुराले बेथिती ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । ‘स्टल तथा टहरा व्यवस्थापन समितिसँग सम्झौता नगरिकन प्रयोग भइरहेका स्टलहरुको पहिचान पनि भएको छ । तपाईहरु सिस्टममा आइदिनुस । तपाईहरु सिस्टममा आएर सुशासनलाई सहयोग गर्नुस’, मन्त्री अर्यालले भन्नुभयो, ‘हामीले निश्चित समय दिएर सिस्टममा आउने अवसर दिन्छौ । त्यस समयमा पनि सिस्टममा आउनुभएन भने अप्रिय निर्णय लिन बाध्य हुनेछौ ।’

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal