राम्दीमा नौ लाख दिप प्रज्वलन


गल्याङ,१ फागुन– गण्डकी प्रदेशको प्रमुख नाकाको रुपमा रहेको गल्याङ नगरपालिका १ राम्दीमा १० लाख दिप प्रज्वलन गर्नुका साथै लघुरुद्री, एवं एक सय आठ धाराको शिलान्यास गरिएको छ ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिलान्यास कार्यक्रममा बोल्दै धार्मीक पर्यटकीय स्थलको रुपमा रहेको राम्दीलाई पर्यटकीय क्षेत्रका विकास गर्ने उद्देश्यले २६ करोडको परियोजना तयार पारिएको बताउनुभयो ।
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल पोखरा सडक खण्डको करिब मध्य भागमा पर्ने राम्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भन्दै गल्याङ नगरपालिकाले २६ करोड ६० लाख रुपैयाँको विस्तृत परियोजना (डिपिआर) तयार पारेको हो ।
शनिबार राम्दीमा भएको कार्यक्रममा नगर प्रमुख अधिकारीले गण्डकी प्रदेशको प्रवेश द्वाराको रुपमा रहेको राम्दीको विकासका लागि आफुले योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभयो । यस वर्ष ३ करोड रुपैयाँको काम सुरु गरिएको र थप ३ करोड पनि व्यवस्थापन हुने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । एक सय आठ सहश्र धारा एवं बायो ग्याँसको शिलान्यास गरिएको छ । मुक्तिनाथको झल्को दिने गरी एक सय आठ धारा निर्माण गर्न लागिएको हो । यस्तै, स्थानीय गौशालाको सदुपयोग गर्दै आधुनिक बायोग्याँस प्लाण्टको पनि निर्माण गरिने भएको छ । प्रदेश सरकारबाट प्राप्त हुने १५ लाख रुपैयाँमा नगरपालिकाले थप गरी बायोग्याँस निर्माण गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
उहाँले २६ करोडको बृहत परियोजनामा सुविधा सम्पन्न आधुनिक बगैचा, सुविधासम्पन्न भवन निर्माण, स्विमिङ पुल निर्माण सहितका योजनाहरु राखिएको जानकारी दिनुभयो ।
नगरप्रमुख अधिकारीले बृहत योजना सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालय एवं विभागहरुमा सम्झौता भैसकेको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘यहाँबाट दैनिक रुपमा सयौं पर्यटकहरु पोखरा र लुम्वीनी जाने आउने गरेको अवस्था छ । यस ठाउँमा ती पर्यटकलाई बस्ने वातावरण बनाउने काममा हामी लागेका छौं ।’
नगरप्रमुख अधिकारीले राम्दी देखि सेतीवेणी सम्म दैनिक बस सञ्चालन गर्ने गरी योजना बनेको भन्दै गल्याङलाई नै धार्मिक र पर्यटनको केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । धर्म र संस्कृतिलाई विकास सँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिदै उहाँले धर्मले सकारात्मक बन्नका लागि सघाउने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरुले तयार पार्नुभएको दश लाख बत्ति बालिएको छ । शान्ति र स्थायित्वको कामना एवं धार्मिक क्षेत्रको विकासका लागि दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा स्थानीय राम्दीमा रहेको गुरुकुलका बटुकहरु एवं मालुङ्गा महिला सानाकिसान कृषि सहकारी संस्थाका महिलाहरुले भजनकिर्तन गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख देविसरा थापा, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी लगायतले बोल्नुभएको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal