कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के, बजार व्यवस्थित गर्न विशेष योजना तयार गर्न निर्देशन
देविका घर्ती मगर
काठमाडौं,२७ माघ– कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो ।
अनौपचारिक पोशाकमा तरकारी बजार पुग्नुभएकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाई कार्यलाई व्यवस्थित गर्न कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभएको छ । केही कर्मचारीसहित कालिमाटी बजार अनुगमन गर्न पुग्नुभएकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिनुभएको थियो ।
फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबिच छलफल गरी तत्काल एउटा निश्कर्षमा जाने समेत बताउनुभयो ।
मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उहाँले किसानले पसिनाको उचित मुल्य प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताउनुभयो ।

उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा विक्रि हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाई थियो । भोलीका दिनमा जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उहाँले किसानलाई मलको अभाव हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ । हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौ । किसानहरुले सहज ढंगले मल प्राप्त गर्नुभएको छ ।’
बजारमा अनुगमनका क्रममा कालिमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उहाँले छिट्टै परिक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताउनुभयो ।
यस्तै बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने बताउनुभयो । मन्त्री अर्यालले बजार अनुगमनका क्रममा भन्नुभयो, ‘नेपालमा उत्पादित वस्तुहरूको उत्पादन बढाउन र वस्तु प्रद्र्धनमा चुनौती रहेको छ । पहिला के भएको थियो त्यो कुरा छाडौँ । अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ ? व्यापारी र किसानलाई कसरी खुसी पार्न सकिन्छ ? बिचौलियाको अन्त्य कसरी गर्न सकिन्छ ? र कसरी बजारलाई व्यवस्थित गर्न सक्छौ, यसतर्फ छिट्टै हामी निष्कर्श निकाल्छौँ ।’
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















