केन्द्रमा एकदिन
म यतिबेला
दुधे बालकले जस्तै दुध चुसिरहेको छु
किनभने जब म सानो थिएँ
मेरो केन्द्र आमाको दुध थियो
अहिले म जवान भएको छु
यतिबेला म विकेन्द्रित भएर केन्द्रमा छु
केन्द्रीय कार्यालय किर्तिपुर
केन्द्रीय कार्यालय धुम्बाराही
केन्द्रीय कार्यालय सानेपा
केन्द्रीय कार्यालय कमलादी
केन्द्रीय कार्यालय रामशाहपथ
केन्द्रीय कार्यालय सिँहदरबार
मलाई यो सबै ठाउँमा पुग्नु छ आज
किनकि म विकेन्द्रित भएको छु
जीवनभरी मैँले
आमाको तिलहरी बेचेर
चिया गफको लागि
आमाको सृङ्गार खोसेको छु
बाबाको काँधको दलिन जस्तै
मलिन बनेको छ मेरो अनुहार
तातेताते परिश्रम हुन्छ
तोेतेतोते परिश्रम हुन्छ
क देख्न परिश्रम हुन्छ
ख लेख्न परिश्रम हुन्छ
दलिन मुनिको मलिनता
दलिनमुनिको जटिलता
दलिनमुनिको मौनता
दलिनमुनिको उत्साह
दलिनमुनीको जाँगर
दलिनमुनीको परिश्रम
दलिनमुनिको उपलब्धि
दलिनमुनीको गन्तव्य
म खोजिरहेको छु यतिबेला
दिनभरि हलो जोतेको हलि जस्तै
दिनभरी खेत रोपेको खेतारी जस्तै
जीवनभरी खाडिको कारखानामा
काम गर्दागर्दा दुइतले खाटमा
मुर्झाएको मजदुर जस्तै
पढ्दा पढ्दै सर्टिफिकेटको चाङले
थुप्रिएको डङ्गुर जस्तै
अलिकति बँचेको भङ्गुर जस्तै
यतिबेला म केन्द्रमा छु
वास्तवमा केन्द्रीय कार्यालयमा छु
सबै कार्यलयमा म पुगेको छैन
आवस्यकताले यतिवेला म
केन्द्रीय कार्यालय खोजिरहेको छु
जहाँको बाटो अति भिड छ
मलाई थाहा छ
बाटो हिँडिरहेको बटुवा पनि
विकेन्द्रित हो भनेर
त्यसैले म रोक्दै सटर मालिकहरू सँग सोधिरहेको छु
त्रिभुवन विश्वविद्यालय
किर्तिपुर जाने बाटो कता हजुर रु
था छैन १
अर्को सटर था छैन
दगुर्दै अर्को सटर था छैन
सोधेको छ सोधेको छ
भेडाको जस्तै मान्छेको बथानमा
उउउ १ त्यहाँ नेर १
कुनै एकजना अपरिचितले
बुझाउन खोज्दै थिए
हामीले बिराइरहेको यात्रा
र खोजिरहेको गन्तब्य
अौँलाको भाषा ट्राफिक दाइले कसरी सुन्नु
उनको हिसाबमा
जरिवाना छ
म बुझाइरहेको छु जरिवाना
र चिनीरहेको छु
केन्द्रीय कार्यालय किर्तिपुर
केन्द्रीय कार्यालय सिँहदरबार
अहिले म सान्त छु
किनभने
मैंले मेरो गन्तब्य भेट्टाएको छु
अब मलाई पुग्नुपर्छ सानेपा
सानेपा कहाँ पर्छ रु
केन्द्रीय कार्यालयमा उपस्थित संपूर्णमा सोधिरहेको छु(था छैन
सोँँचमग्न छु
कतै म अँध्यारोमा त छैन रु
सोध्दासोध्दा आजित परेपछि
जब गन्तब्य भेटियो
भिडमा कोलाहल थियो
मलाई थाहा छ रु
के थाहा छ हजुर रु
नेपालको केन्द्रीय कार्यालय
काठमाडौ हो १
अब मलाई पुग्नु छ धुम्बाराही
धुम्बाराही जाने बाटो कता हजुर रु
जीवनभरी मार्कसको
फोटो झुण्ड्याएर सिरानमा
हँसिया र हतौडाको पोको भित्र
कोमामा गुटमुटिदागुटमुटिदै
बा खरानी बने
आज निलो आकाशमा
ऊदाइरहेको सुर्यमा
हँसिया र हतौडाको झण्डाले
डोको भरिएपछि
पोको बोकी हिँड्नेहरू यतिबेला
उखर्माइरहेका छन् गर्मिले
मिल्काइरहेका छन् कपडा
र सुतिरहेका छन् षडकमा
सर्वाङ्ग नग्न र वमन गरिरहेकाछन् विष
हामी यता छम् १
अब म सोधिरहेको छु ।
कहाँ छौ तिमीहरू रु
मेरो भाइ लाइ
मेरो छोरा हो आमा भन्दै
जङ्गल लगेको कसले हो रु
हिँडेपछि कहिल्यै फर्किएन
मेरो बा को गोलि निकाल्ने सर्तमा
सरकारको अरबौँ रूपैयाको
सम्झौता कसले गरेको हो रु
कसको शरिरको गोली कसले निकाल्यो रु
कसकसको शरिरले अहिलेसम्म
गोलि बोकिरहेको छ रु
कसले सोधिरहनुभएको छ रु
किनकी तिनिहरू कोमामै बृद्ध भै सके
उनिहरूलेआँखा देख्दैनन्
कान सुन्दैनन्
उनिहरू वाहिर निस्कन
लठ्ठीको आवस्कता पर्छ
र त कैद पर्छन कोठा भित्र
लङ्गडाहरू १ त्यो दिन मेरो पनि आउने छ ।
म सोधिरहेको छु हुम्ला जुम्लाबाट
रूकुम रोल्पा बाट
कता रु
धुम्बाराही कहाँ पर्छ रु था छैन
सानेपा कहाँ पर्छ रु था छैन
लेख्दा लेख्दै आजित परेर
बिग्रेको मेरो हस्ताक्षर
वुझाउनु थियो मैले
नेपाल एकेडेमीको
केन्द्रीय कार्यालयमा
म सोधिरहेको छु
केन्द्रीय सडकमा
कमलादी कहाँ पर्छ रु था छैन
हिँड्दाहिँड्दा
थोत्रो जुता र कलेठी परेको मेरो कलर देखेर
सडकमा मान्छेहरू हाँसिरहेका छन्
म सोधिरहेको छु रामसाह पथ कहाँ पर्छ रु
त्यो पनि था छैन १
हिँड्दाहिँड्दा
जुताको शोल फुस्किएपछि
समाएर तना
जुता झुण्ड्याउँदै हातमा
ठेलमठेल दौडिरहेको भिडमा
म एकजनासँग सोधिरहेको छु
बसपार्क कहाँ छ हजुर रु
था छैन
अर्को था छैन
अर्को था छैन
झर्को था छैन
था छैन
था छैन
था छैन
यतिबेला म राष्ट्रिय कार्यलय
खोज्दाखोज्दा आजित परेर
घर फर्किने मुलबाटो खोजिरहेको छु
विकेन्द्रित भएर केन्द्रमा
शम्भु अर्याल
वालिङ ६, मिर्दी,
स्याङ्जा
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















