स्मार्ट युथ क्लबद्वारा भकुण्डेमा खेलकुद प्रतियोगिताको आयोजना

वालिङ,२७ माघ– स्मार्ट युथ क्लब वालिङले भकुण्डेमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबले एकै पटक भलिबलका साथै सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ क्लबले यहि फाल्गुन १ गतेदेखि खेल सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष निर्मल गुरुङले जानकारी दिनुभयो ।
सम्पुर्ण युवाहरुलाई खेल मार्फत एकतावद्धगर्दे विकास निर्माणको कार्यमा लाग्न प्रोत्साहान गर्ने उद्देश्यले खेलकुदको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । कोरोना भइरस (कोभिड १९) को संक्रमणका कारण खेल क्षेत्र पनि प्रभावित भएकोले खेलाडिहरुलाई उर्जा प्रदान गर्ने योजना अनुसार प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

पूर्णामृत भवानि माविको खेल मैदानमा सञ्चालन हुने खेलको सम्पूर्ण तयारी पुराभएको छ, भने दुवै खेल भलिबल र फुटबल जिल्ला व्यापी क्लब स्तरीय हुने अध्यक्ष गुरुङले बताउनुभयो । भलिबल खेल तर्फ प्रथम पुरस्कार नगद रु एक लाख मेडल,प्रमाण पत्र,र ट्रफी राखिएको छ भने फुटबल तर्फ एक लाख एघार हजार एक सय एघार रुपैँया मेडल,प्रमाण पत्र,र ट्रफी रहेको आयोजक स्मार्ट युथ क्लबले जनाएको छ ।

वालिङ हस्पिटलको सूचना

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal