वालिङमा दुनाटपरी बनाउने तालिम
वालिङ,२७ माघ–वालिङ नगरपालिका ८ छेउडाडामा प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्थानीय स्रोत साधनको सही उपयोग गर्ने रणनीतिलाई नगरपालिकाले जोड दिएको बताउनु भयो । उपप्रमुख तिवारीले स्थानीय स्रोतको सही र दीगो उपयोगले मात्रै आर्थिक प्रगती सम्भव भएको बताउनुभयो ।
स्थानीय स्तरमा सहजै पाइने कच्चा पदार्थको प्रयोग गरी दुनाटपरी बनाउन सकिने भन्दै नगर उपप्रमुख तिवारीले प्लाष्टिकजन्य उपभोगलाई क्रमश कम गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत व्यवशायीक रुपमा दुनाटपरी उत्पादन गर्ने लक्ष्यका साथ तालिम शुरु भएको हो । तालिममा स्थानीय छेउडाँडा शील्पकला समूहले सहजीकरण गरिरहेको स्थानीय समाजसेवी तथा कार्यपालिका सदस्य गीता रणपालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्थानीय स्तरमा उत्पादन हुने दुनाटपरीको वालिङमा राम्रो सम्भावना रहेको बताउनु भयो । नयाँ कामको थालनी प्रति पंशसा गर्दै अधिकृत ज्ञवालीले कोभिड १९ को कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन सहयोग पुग्ने ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदी, दियालो संस्थाका अध्यक्ष कविता तिवारी दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, लगायतले बोलेका थिए । तीन दिन सम्म चल्ने तालिममा तालिममा ३० जनाको सहभागिता रहेको छ ।
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















