विकासको एजेन्डा बोकेर अगाडी बढेको सरकारलाई कुर्ची मोहमा परेर विरोध गर्नु गलत ः मुख्यमन्त्री पोख्रेल


सिर्जना घिमिरे
रामपुर (पाल्पा) २६ माघ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विकासको एजेन्डा बोकेर अगाडी बढेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कुर्चीको मोहमा परेर विरोध गर्नु जायज नभएको बताउनुभएको छ ।
सोमबार पाल्पाको रामपुरमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले नेकपा नेपाल –प्रचण्ड पक्षलाई इकित गर्दै जनताले ५ वर्षको लागि सरकार सञ्चालन गर्ने म्यान्डेट दिएपनि केही व्यक्तिको कुर्ची मोहका कारण नेकपामा केही समस्या देखापरेको बताउदै कुर्ची मोहले केहीलाई सडकमा पुर्याएको बताउनुभयो ।
नेकपा रामपुर नगरकमिटी र निस्दी गाउँकमिटीको आयोजनामा रामपुरको बेझाडमा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको वर्तमान सरकारले राष्ट्रियताका पक्षमा गरेका कामहरु ऐतिहासिक भएको बताउदै मुख्मन्त्री पोख्रेलले सरकारको काम देखेर आफ्नै पार्टीका केही नेताहरु प्रधानमन्त्री बिरुद्ध लागेको बताउनुभयो । सरकारले विकास निर्माणका कामहरु तिब्र गतिमा अगाडी बढाएको मुख्यमन्त्री पोख्रेलले दावी गर्नुभयो । सरकारले सडक सञ्जाल देखि रेलमार्गको निर्माण संगै अधिकाशं पहाडी जिल्लाहरुमा सडक कालोपत्रेका साथै तीन वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकार अनि प्रधानमन्त्री कसरी असफल ? भन्दै प्रश्न समेत गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्यतथा लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्रि पोख्रेलले प्रदेश सरकारको पहलमा पाल्पामा १ सय भन्दा बढि आयोजना निर्माणको क्रममा रहेको स्पष्ट पार्र्दै रामपुर आर्यभज्याङ सडकखण्डलाई स्तरउन्नती गरिने र पाल्पाको बसन्तपुर डाँडामा केवलकार उद्घाटनको तयारीमा रहेको समेत जानकारी दिनुभयो । कालीगण्डकी करिडोरले यस क्षेत्रको विकासको ढोका खेल्ने मुख्यमन्त्री पोख्रेलको भनाई थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह– इन्चार्ज पूर्व मन्त्री दलबहादुर रानाले पार्टीमा आएको तरङले कार्यकर्ता विचलित हुन नहुनेमा जोड दिदै सहिलाई सहि र गलतलाई गलत बुझेका कार्यकर्ताले केपी ओली नेतृत्वको सरकारले गरेका काम कर्तव्यलाई बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी देश संग नझुकेरै विभिन्न समयमा गरेका निर्णय र सम्झौतालाई जनताले स्पष्टसँग मुल्याङकन गरिरहेको बताउनुभयो ।


कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला कमिटी पाल्पाका अध्यक्ष नारायण आचार्य, केन्द्रीय कमिटी सदस्य तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा सदस्य युवराज खनाल,निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु लगायतले बोल्नुभएको थियो ।
नेकपा जिल्ला कमिटी सदस्य तथा निस्दी गाउँकमिटी अध्यक्ष हेमबहादुर खाम्चाको स्वागत संगै शुरु भएको कार्यक्रम नगरकमिटी सचिव दामोदर पाठकको संचालन र नेकपा जिल्ला कमिटी पाल्पाका सदस्य तथा नगर कमिटी ईन्चार्ज राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal