आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न
स्याङ्जा,२३ माघ–आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा शुक्रवार सम्पन्न भएको छ ।
विश्वभरिनै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) कारण विश्व नै समस्यामा परेता पनि आँधीखोला गाउँपालिकामा विकाशले गति लिएको गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “कोरोना संक्रमणका कारण विकास निर्माण संगै अन्य कामहरुमा केही अवरोध सिर्जना भएपनि हामीले त्यसको व्यवस्थापन गर्दै अगाडी बढ्न सफल भयौं । अहिलेको अवस्थामा ७५ प्रतिशत काम सम्पन्न गर्नु चान्चुने कुरा होइन यसलाई उपलब्धीनै मान्नुपर्छ ।”

उपाध्यक्ष शर्मिला देवी पौडेलले आठौं गाउँसभाका प्रस्तावहरू सभामा पेस गर्नुभएको थियो । उपाध्यक्ष पौडेलले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशत), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छ भने संघीय सरकार सशर्त अनुदान तर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ ।
सभाले आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को शंसोधीत बजेट मन्तव्य, जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















