आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न


स्याङ्जा,२३ माघ–आँधीखोला गाउँपालिकाको आठौं गाउँ सभा शुक्रवार सम्पन्न भएको छ ।
विश्वभरिनै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) कारण विश्व नै समस्यामा परेता पनि आँधीखोला गाउँपालिकामा विकाशले गति लिएको गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “कोरोना संक्रमणका कारण विकास निर्माण संगै अन्य कामहरुमा केही अवरोध सिर्जना भएपनि हामीले त्यसको व्यवस्थापन गर्दै अगाडी बढ्न सफल भयौं । अहिलेको अवस्थामा ७५ प्रतिशत काम सम्पन्न गर्नु चान्चुने कुरा होइन यसलाई उपलब्धीनै मान्नुपर्छ ।”

उपाध्यक्ष शर्मिला देवी पौडेलले आठौं गाउँसभाका प्रस्तावहरू सभामा पेस गर्नुभएको थियो । उपाध्यक्ष पौडेलले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशत), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छ भने संघीय सरकार सशर्त अनुदान तर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ ।
सभाले आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को शंसोधीत बजेट मन्तव्य, जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal