वालिङमा युवाको सामूहिक लगानीमा फुटसल सञ्चालन

वालिङ,२३ माघ– वालिङका चार युवाले सामूहिक लगानीमा फुटसल सञ्चालनमा ल्याएकाछन् । वालिङ नगरपालिका १० का चार जना युवा मिलेर एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् ।
सोमबहादुर मल्ल, अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठको सामूहिक लगानीमा ईन्डोर फुटसल सञ्चालनमा आएको हो ।
फुटसलको उद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले फुटसलले खेलको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वालिङ तथा आसपासका खेलाडीहरुको क्षमता प्रष्फुटन गर्नुकासाथै नयाँ खेलाडीहरु उत्पादन गर्नका लागि सहयोग पुग्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
“फुटसलले पक्कै पनि खेलकुदप्रति आकर्षण गर्नुकासाथै स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण भूमिका खेल्ने छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो । यसले पछि उपलब्धी दिदैं जाने छ ।”

कार्यक्रममा उप प्रमुख कल्पना तिवारीले खेललाई ब्यवसायिकतासँग जोड्दै अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले लुकेर रहेका प्रतिभावान खेलाडीहरुको खोजी तथा खेल क्षेत्रको विकासका लागि सहयोग पुग्ने बताउनुभयो । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal