वालिङमा युवाको सामूहिक लगानीमा फुटसल सञ्चालन

वालिङ,२३ माघ– वालिङका चार युवाले सामूहिक लगानीमा फुटसल सञ्चालनमा ल्याएकाछन् । वालिङ नगरपालिका १० का चार जना युवा मिलेर एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् ।
सोमबहादुर मल्ल, अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठको सामूहिक लगानीमा ईन्डोर फुटसल सञ्चालनमा आएको हो ।
फुटसलको उद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले फुटसलले खेलको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वालिङ तथा आसपासका खेलाडीहरुको क्षमता प्रष्फुटन गर्नुकासाथै नयाँ खेलाडीहरु उत्पादन गर्नका लागि सहयोग पुग्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
“फुटसलले पक्कै पनि खेलकुदप्रति आकर्षण गर्नुकासाथै स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण भूमिका खेल्ने छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो । यसले पछि उपलब्धी दिदैं जाने छ ।”

कार्यक्रममा उप प्रमुख कल्पना तिवारीले खेललाई ब्यवसायिकतासँग जोड्दै अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले लुकेर रहेका प्रतिभावान खेलाडीहरुको खोजी तथा खेल क्षेत्रको विकासका लागि सहयोग पुग्ने बताउनुभयो । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

ताजा

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal