पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्लाई मन्त्री अर्याल द्वारा निर्देशन


काठमाडौं, ९ माघ– नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री मद्माकुमारी अर्यालले शुभकामना तथा बधाई दिनभएको छ । शुक्रबार परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले बधाई ज्ञापन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्को नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस ।’
पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै मन्त्री अर्यालले भन्नुभयो अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको रहेको छ । ‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’
आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उहाँले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, प्रगतीका निम्ती काम गर्न आग्रह गर्दै मन्त्री अर्यालले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ती के–के गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै परिषद्को रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा.सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धीत शिक्षण संस्थाहरुलाई गुणस्तरिय बनाउनका निम्ती लागेको बताउनुभयो ।
माघ ३ गते भएको काउन्शिलको निर्वाचनबाट उपाध्यक्षमा डा.स्वयम प्रकाश श्रेष्ठ र डा.सुबिर सिंह, सदस्यहरुमा डा.नरेशप्रसाद जोशी, डा.सुजन राना, डा. श्रृजना मानन्धर, डा. मनोजकुमार शाही, डा.सुवास श्रेष्ठ निर्वाचित हुनुभएको थियो । काउन्शिलको निर्वाचन चार÷चार वर्षमा हुने गर्दछ ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal