वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो
तोलाकान्त बगाले
वालिङ,९ माघ– महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा गत बुधबारबाट काठमाडौंमा शुरु भएको प्रतियोगितामा खेल सुचारु भएको दोस्रो मिनेटमै वालिङकोतर्फबाट सम्झना शर्माले एक गोल गरेर टिमलाई अग्रता दिलाउनुभएको हो । खेलको दोस्रो हाफमा बिराटनगरकातर्फबाट एक गोल भएसँगै वालिङ र बिराटनगरबीचको खेल एक÷एक गोलको बराबरीमा सकिएको वालिङ नगर खेलकुद विकास समितिमा संयोजक एवं एन्फा केन्द्रीय सदस्य एलबी ज्वारचनले बताउनुभयो ।
प्रतियोगितामा वालिङकी सरस्वती हमाल उत्कृष्ट खेलाडीकोरुपमा घोषित हुनुभई पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । वालिङ नगरपालिकाले शनिबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् । त्यस्तै, टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन् ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















