गण्डकी प्रदेश सरकारको प्राथमिकतामा कृषि ः विधायन समिति सभापति रेग्मी
वालिङ,८ माघ– गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ । वालिङ नगरपालिका ८ बोगटीडाँडा रहेको बालेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थाको भवनको बिहीबार एक कार्यक्रमका विच शिलन्यास गर्दै सभापति रेग्मीले सो कुरा बताउनुभएको हो । शिलन्यासका क्रममा बोल्दै सभापति रेग्मीले प्रदेश सरकारले कृषिलाई प्राथामिकतमा राखेर काम गरिहेकोले व्यसायिक रुपमा काम गरिरहेका किसानका साथै नवउद्यमीहरुलाई आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । सहकारीले कृषकहरुलाई कृषि पेशाबाटै जीवन चलाउन सकिन्छ भन्ने खालको प्रेरण दिन आवश्यक रहेकोमा जोड दिदै सहकारीले आर्थिक कारोबारमा मात्रै ध्यान केन्द्रित नगरी उत्पादनका साथै रोजगारीका क्षेत्रहरुको समेत सिर्जना गर्ने अभियानमा लाग्नुपर्ने सभापति रेग्मीको भनाइ थियो ।
प्रदेशको संसद विकास कोषबाट ५ लाख, बाबा समुहबाट २ लाख, बालेश्वर युवा क्लबबाट १ लाख र समाज कल्याण आमा समुहबाट १ लाख ५० हजार तथा अन्य स्थानीय निकायहरुको सहयोगमा भवन निर्माण गर्र्न लागिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारीका बोड सदस्य खगिसरा थापा, प्रदिप बगाले र ऋषिराम कंडेललगायतले बोल्नुभएको थियो । संस्थाका सल्लाहकार प्रकाशचन्द्र थापाको स्वागतसंगै शुरु भएको कार्यक्रम शेरबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ताराबहादुर गाहाले गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार






















