नेपाल मौरीपालक महासंघ स्याङ्जाका अध्यक्षमामा अर्याल
वालिङ, ८ माघ–नेपाल मौरीपालक महासंघ स्याङ्जाको पाँचौ जिल्ला अधिवेसन तथा सातौँ वार्षिक साधारण सभा स्याङ्जामा सम्पन्न भएको छ ।
अधिवेसन तथा साधारण सभाको उद्दघाटन गर्दै रेशम विकास कार्यक्रम प्रमुख विनोद हमालले कृषि नै समृद्धिको आधार भएकाले कृषकहरुलाई व्यवसायिक कृषिमा अभिप्रेरित गर्न ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमले सहयोग गरिहेको बताउनुभयो । प्रमुख हमालले व्यसायिक मौरी पालनमा लाग्न कृषकहरुलाई ज्ञान केन्द्र तथा रेशम विकासले समेत अनुदानमा मौरीका घारहरु वितरण गर्नुका साथै तालिमहरु प्रदान गर्दै आईरहेको बताउनुभयो ।
कार्यक्रममा सुन्तला सुपरजोनका प्रमुख माधव लम्सालले मौरीपालक महासंघ मौरीकृषकहरुको संस्था भएकाले मौरीपालक कृषकहरुलाई थप अगाडि बढाउन र संरक्षण गर्न भुमिका खेल्दै आएको बताउनुभयो । अधिवेसनले श्यामप्रसाद अर्यालको अध्यक्षमातामा १५ सदस्यीय नेपाल मौरीपालक महासंघ स्याङ्जा निर्वाचित गरेको छ । महासंघको उपाध्यक्षमा विश्वबन्धु पौडेल, सचिवमा रामजीप्रसाद पौडेल र कोषाध्यक्षमा दुर्गादेवि सुवेदी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा पदमबहादुर अर्याल, मनबहादुर बुढाथोकी लगायत रहनुभएको छ । कार्यक्रममा नवनिर्वाचित मौरीपालक महासंघका अध्यक्ष अर्यालले मौरीपालनलाई विस्तार गरी कृषकको हितमा काम गर्ने वातावरण बनाउन महासंघ प्रतिवद्ध रहेको बताउनुभयो । मौरीपालनलाई व्यसायिक रुपमा विस्तार गर्न सबैको सकरात्मक सहयोग आवश्यक रहेको भन्दै नवनिर्वाचित टिम कृषकको हितमा लागिपर्ने बताउनुभयो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















