प्रधानमन्त्रीज्युको अन्तरवार्ता र ऋणंं कृत्वा धृतम पिवेत

खुमकान्त अर्याल
१६ जनवरी २०२१ मा भारतीय,ग्राभिटास, अङ्ग्रेजी भाषाको वियोन न्युज च्यानल को ग्लोवल लिडरसीप सेरिज अन्तर्गत उक्त च्यानलकी पत्रकार पालकी शर्मा उपाध्यायले नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा वली संग नेपाल भारतको सम्वन्ध तथा समसामयिक नेपाली राजनीतिको सम्वन्धमा लिएको अन्तरवार्ता नेपाल र भारत दुवै तर्फ निकै चर्चामा रह्यो ।
अन्तरवार्ता लिने क्रममा अहिले धेरै देशहरु चीनको ऋण पासोबाट प्रभावित भैरहेका छन तर नेपालमा चीनिया ऋणको भार बढ्दै गएको छ, यसमा तपाईको धारण वा अनुभव के रहेकोछ भन्ने प्रश्न गर्दा हाम्रा प्रधानमन्त्रीज्युले, चार्वाक दर्शनको उक्ति भन्नुभयो कि “ऋणं कृत्वा धृतम पिवेत” अर्थात हामी ऋण गरेर भएपनि घिउ पियौं भन्ने पक्षमा छैनौं । देशको आर्थिक विकासका लागि, लगानी वमोजिमको प्रतिफल दिन सक्ने,महत्वपुर्ण आयोजना सन्चालनको लागि सीमित रुपमा चीनबाट ऋण तथा अनुदान लिएको छौ । ऋण लिने र फिर्ता गर्ने प्रकृया पनि अन्य देशहरुको जस्तै भएको र सम्पन्न हुन सक्ने आयोजना तथा क्षेत्रका लागि मात्र ऋण सहयोग लिने गरिएको र आयोजना सम्पन्न भैसकेपछि नेपाललाई हस्तान्तरण गरिने हुदा चीनिया ऋण सहयोगलाई ऋण पासोको रुपमा अनुभव नगरेको र यसवारेमा चिन्तित पनि नभएको वताए । “राम” नेपालको अयोध्यापुरीमा जन्मेका हुन, भनिएको उनको विगतको भनाईका वारे सोधिएको प्रश्नका वारे, रामको जन्मस्थान, रामायणमा उल्लेख भएका पात्र तथा घटनाहरु, स्थानको विषय तथा पुराना सभ्यता र इतिहास अनुसन्धान र सोधको विषय हो । रामको जन्म नेपालको अयोध्या पुरीमा भएको पनि हुन सक्छ वा भारतको फैजावादमा । आँफुले नेपालको अग्रज वा पुर्वजहरुको गौरवका वारे मात्र कुरा गरेको नभई प्राचीन समयमा भारतीय महाद्रिवपमा भएका धेरै आविस्कार र उपलव्धीका वारे पनि अध्ययन गरिनु पर्दछ भन्ने कुरा भानुभक्तको जन्म जयन्तीका सन्दर्भमा भनेको वताए । नेपाल भारतको सम्वन्धमा सीमा समस्या उठेका वखत यही विषयलाई किन उठाइयो तथा एउटा छिमेकी देशलाई दोशी देखाउने गरी रामको ज्नभभूमिका वारे वोल्नु राजनैतिक उद्देश्य हो की भन्ने सम्वन्धमा यो कुनै राजनैतिक विषय नभएको तथा कुनै देशलाई दोशी देखाउन आँफुले नवोलेको तर जन्मभुमिका वारे खुला दिमागले अनुसन्धान गर्नु पर्ने सम्वन्धमा भने सम्झउने कोशिस गरेका थिए प्रधानमन्त्रीले ।


तपाई अहिले नेपालको कामचलाउ प्रधानमन्त्री हो कि ? भन्ने सम्वन्धको उत्तरमा “केयर टेकर” प्रधानमन्त्री त्यसलाई भनिन्छ जव कुनै कारणवस प्रधानमन्त्रीको पद खाली हुन्छ र नयाँ प्रधानमन्त्रीको चयन गर्न संसद रहदैन तर म वहुमतको समर्थनमा चयन भएको प्रधानमन्त्री निरन्तर पदमा छु । यसर्थ आँफुलाई कामचलाउ प्रधानमन्त्री नभन्न अनुरोध गरे । नेपाल भारत तथा चीनको सम्वन्धमा सोधिएको प्रश्नमा भन्छन हामी दुवै छिमेकी संग वरावरको सम्वन्ध र राम्रो संवन्ध गराउन चाहन्छौं । एउटा देश संग भेट्दा उसलाई सहएर अर्कोलाई गाली गर्ने वा फरक व्यवहार र कुरा गर्दैनौ तेसो गर्नु राम्रो होइन । जनसंख्या भुगाोल तथा विकासको हिसावले कोही देश ठूलो सानो भएतापनि देशको हिसावले सवै समान रहेको र समान व्यवहार गर्नुपर्ने कुरामाथि जोड दिएका थिए । देश सानो ठुलो जे सुकै होस दुई सम्प्रभु राष्ट्रका वीच समान हैसियत हुन्छ र हरेकले एक आर्काको भनाइलाई सुन्नु पर्ने वताए, सायद यो भनाई विगतमा कालापानीको विषयमा नेपालले वार्ताको लागि गरिएको प्रयासमा भारतले वेवास्ता गरेका विषयमा संकेत गरेका थिए । चीन र भारत वीच द्रवन्द चर्किएकै वेला पश्चिमा मुलुकले कोरोना भाईरस चीनबाट उत्पत्ति भएको र यसमा चीनको अपारदर्शी नीतिकै काराण विश्वभर फैलिएको भन्ने चर्चा चलीरहेकै समयमा नेपालका प्रधानमन्त्रीले भने भारतको कोरोना भाईरस धेरै खतरनाक भएको भन्ने अभिव्यक्ति दिएको प्रति नेपालले चीनलाई खुसी गराउन यस्तो अभिव्यक्ति दिएको हुनसक्ने शंका गरेकामा तत्सम्वन्धमा किन भारतीय भाईरस भनियो भनेर सोधिएको प्रश्नमा आँफुले भारतीय भाईरस नभनेको तर खुला सीमानाबाट आएका तमाम मानिसहरुबाट भाईरस फैलिएको भन्न मात्र खोजिएको वताएका थिए । भारत र चीनका वीच गलवान भ्यालीको विषयमा विवाद भैरहेको वेलामा नै नेपालले कालापानी लिपुलेकको विवाद गर्ने, उक्त भूमि समेटेर नक्सा वनाएर संसदबाट पास गर्ने जस्ता कुराहरु किन गरियो के नेपाल चीन तिर आड लागेर यसो गरिएको हो कि भन्ने अर्थलाग्ने गरि सोधिएको प्रश्नमा, भारतले नै तेही समयमा आफ्रनो नक्शामा नेपालको भूमि समेटेर नक्सा वनाएको हुदा हामीले त्यसको विरोध जनाएका थियौं र वार्ताका लागि अनुरोध गर्यौ तर भारतले वेवास्ता गरेको हुदा हामीले पनि हाम्रो भुभाग समेटेर नक्सा वनाएका थियौं र गलवान भ्यालीको विषय हाम्रा लागि सरोकारको थिएन । यो विवादको सुरुवात नै स्वयं भारतबाट भएको हो । हामी त भारत र चीनको वीचमा मेल मिलाप होस र आवस्यक परे दुई देशको वीचमा हामीले पनि मिलाउने भुमिका गर्न तैयार रहेको वताएर एक असल छिमेकी जसले क्षेत्रीय शान्तिको लागि पनि केही गर्न सक्ने सन्देश दिएका थिए ।
नेपाल भारतको स्म्वन्धमा सोधिएको थप प्रश्नमा,भारत नेपालको वीचमा धेरै समस्या नरहेको र कालापानी लिम्पियाधुरा नेपालको अभिन्न भाग भएको हुदा तत्सम्वन्धमा हाम्रा कुराकानी अहिले भैरहेको छ । हामी वीचमा स्पष्ट प्रमाणका आधारमा शा्िन्तपुर्वक वार्ताको वीचबाट समाधान हुनेमा आसावादी भएको, आँफुले अरुको भूमि नमागेको वरु अतिक्रमित आँफ्रनो नेपाली भूमि फिर्ता गर्न अनुरोध गरिरहेका छौं । खुला छलफलबार्ट अविश्वास हट्रदै जाने र सम्वन्ध अझ प्रगाढ हुने कुरा वताएका थिए ।
अन्तरवार्तामा हाम्र प्रधानमन्त्रीले अत्यन्त सुझवुझ पुर्वक उत्तर दिए । उनको यो उत्तर श्रृंखलामा सोध्नेको भन्दा उत्तर दिनेको ज्ञान र संयमता वडी देखिएको थियो ।
पुर्ण विश्वासका साथ प्रस्तुत भएर हरेक प्रश्नको सिधा उत्तर दिएका प्रधानमन्त्रीले सम्प्रभुताको सम्मान गर्नुपर्ने कुरालाई वेस्करी जोड दिए । विगतमा ने.क.पा.को पार्टी एकीकरणको लागि चीनबाट भएको प्रयाश तथा हालकोे पार्टीको विवाद समाधानको लागि पनि चिनीया मन्त्रीबाट भर्खर भएको भ्रमणले के नेपाल चीनबाट प्रभावित भैरहेको हो कि भन्ने सम्वन्धमा, आन्तरिक मामलाको समाधान गर्न आँफै सक्षम भएको र हिजो पार्टी एकिकरण पनि आँफुबाट भएको र हालको फुट प्रचण्डको सत्ता कव्जाको प्रयाशका कारण भएको वताए
। यसै गरी चीन र भारत दुवै देश हाम्रालागि वरावर भएको र कुनै एक देशका विरुद्द आफ्रनो भूमि प्रयोग गर्न नदिने वारे खुलस्त पारे । अन्तरवार्ताका क्रममा प्रधानमन्त्रीले समग्र एसिया सवै हिसावले परिपुर्ण भएकोले अवको भविस्य पनि एसियाको भएको विषय उठाएर उनले आँफुलाई नेपालमात्र होइन समस्त एसियाको चिन्तन गर्ने नेताको रुपमा पनि स्थापित गर्ने प्रयश गरे । रामको जन्मभूमिको मात्र होइन इतिहासमा हाम्रो एसियाई पुर्वजहरुले गरेका आविस्कारहरु खोजिनुपर्ने अध्ययन गरिनु पर्ने वताउदै सन ११०० को मध्य तिर नै भाष्काराचार्यले खगोल सास्त्र तथा गुरुत्वाकर्षणको कुरा पत्तालगाई शिद्दान्त शिरोमणी नामको पुस्तक १२१० मै प्रकाशित र्भैसकेको भएता पनि यसको ४०० वर्ष पछि मात्र न्युटन र ग्यालिलियोले गुरुत्वाकर्षण पत्ता लगाएको भनेर मान्यता दिने काम भयो यसको अर्थ पुर्वीय सभ्यताका उपलव्धीहरुलाई पश्चिमा सभ्यताले ओझेलमा पारिदै लगिएको हुदा यसका संरक्षणको तथा सोधको लागि पनि चिन्तित रहेका सन्देश दिएका थिए ।
यस अन्तरवार्तामा प्रधानमन्त्री वलीले उनी इतिहास, धर्म, संस्कृति, विज्ञान तथा पछिल्लो आविस्कार र प्रविधि, विश्व राजनीति तथा समसामयिक हरेक विषयका कुराहरुमा गहिरो ज्ञान भएको सन्देश दिन सफल भएका छन् । प्राय नेपाली नेताहरु अध्ययनशील हुदैनन र त्यसमा पनि व्रतमान प्रधानमन्त्रीको प्राज्ञिक योग्यता धेरै नभएको भनेर चर्चा पनि हुने गरेकोमा प्रधानमन्त्री वलीको यो अन्तरवार्ता हेर्दा उनीलाई त्यसो भन्नु अन्याय हुने देखिन्छ । प्रधानमन्त्रीकोे हिन्दी होस वा अङरेजी दुवै भाषाको राम्रो ज्ञान भएको देखियो । नेपालीमा जस्तै कतै नअलमलिईकन दृढताका साथ अङरे्जी र हिन्दी दुवैमा स्पष्ट उत्तर दिएको दृखिन्थ्यो । विषयवस्तुलाई स्पष्ट गर्ने सम्वन्धमा कतै संस्क्ृत्।का स्लोक तथा एैतिहासिक पंशगहरु समेत मिसिएका छन । प्रधानमन्त्रीले कुनै पनि प्रश्नलाई नवटारिकन सिधासिधा उत्तर दिएर्र नेपालको सम्प्रभुता तथा अस्मिताको सम्मान र संरक्षणको लागि आफु डटेर लाग्ने वा सामना गर्ने सन्दैश दिदै वहुधा चर्चामा रहेको कालापानी लिम्पियाधुराको भाग कुटनितिक संवाद मार्फत यसै वर्ष २०२१ सम्ममा समाधान भई कव्जा भएको भुभाग फिर्ता हुनेमा विश्वस्त रहेको वताएका छन् ।
प्रधानमन्त्री वलिको यो कार्यकालमा उनीले चुनावमा गरेका वाचा कवुलहरु पुरा गर्न नसकेको र दुईतिहाई वहुमतको यो ऐतिहासिक अवसर गुमाएर देशलाई चुनावको भडखालोमा हालेको भन्ने समेतका धेरै आरोपहरु देशभित्र लागिरहेको छ र यसका विरुद्द आन्दोलन समेत भैरहेको छ तर विदेशी पत्रकारहरुलाई अहिले दिएको. यो अन्तरवार्तामा भने उनीले नेपालको वारे, नेपालीहरुको राष्ट्रियताका वारे धेरै राम्रो सन्देश दिन सफल भएका छन् । गएको १।२ वर्षमा नेपाल भारत सम्वन्धमा कुशल कुटनीतिको परिचालनमा राम्रो भूमिका वहन गर्न नसकेको भनेर आरोप खेपेका प्रधानमन्त्रीको यो अन्तरवार्ताले भने उनलाई केही राहत दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । ंंहुन सक्छ यो अन्तरवार्ता आगामी चुनावका लागि पनि उपयोगी हुनेहुदा कुटनीतिक लचकताका साथ आँफुलाई प्रस्तुत गरे । वोलेको कुराहरुको कार्यान्वयनको तहमा कत्तिको इमान्दारी हुन्छ यो भने भविष्यको विषय हो तर अन्तरवार्ताले भारतीयहरुले नेपाललाई छोटेभाईका रुपमा वुझ्रने जुन परम्परागत धारणा छ यसबाट मुक्त भएर समानताको धारणा नराखे सम्म सम्वन्ध राम्रो हुदैन भन्ने सन्देश दिन सफल भएको छ । धन्यवाद छ, प्रधानमन्त्रीज्युलाई
समसामयिक विषयमा कलम चलाउदै आउनुभएका लेखक अर्याल वालिङ नगरपालिका ६ निवासी हुनुहुन्छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal