माटोको परीक्षण गर्दै आँधीखोला गाउँपालिका


वालिङ, ६ माघ– माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्न बाली उत्पादनमा ह्रास आएपछि आँधीखोला गाउँपालिकाले माटो परीक्षणको अभियान सञ्चालन गरेको छ । माटो परीक्षण गरेर माटो सुहाउदो खेती लगाउन किसानलाई प्रोत्साहान गर्ने योजना अनुसार गाउँपालिकाले सोमबारदेखि एक हप्ते माटो परीक्षण सप्ताहाको शुरु गरेको हो । गाउँपालिकाले ६ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरेर माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षणको नतिजा अनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधिका बारेमा जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो ।
दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गरिने अध्यक्ष पौडेलले बताउनुभयो । माटो परीक्षण पश्चात आवश्यक अनुसार कृषकलाई सहयोग गरिने अध्यक्ष पौडेलको भनाई रहेको छ ।
गाउँपालिकाका सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब ६ सय कृषकको माटो परीक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो । व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकहरुलाई माटो परीक्षणले ठूलो सहयोग पुग्ने पौडेलको भनाइ रहेको छ । माटो परीक्षणका फाइदाबारे सबै वडा वासीलाई जानकारी गराएपछि नमुनाका रूपमा माटो परीक्षण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal