पूर्व विद्यार्थीद्वारा पूर्णामृत भवानीलाई फिल्टर उपहार

वलिङ, ५ माघ–पूर्णामृत भवनी माध्यमिक विद्यालय वालिङ १० का पूर्व विद्यार्थीहरुको समुहले विद्यालयलाई फिल्टर उपहार दिएको छ । विद्यालयबाट २०४८ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले विद्यालयको लागि तातोचिसो पानीको फिल्टर दिएको हो ।
फिल्टर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज अर्यालले स्वच्छ पिउने पानी निकै संवेदनशील पक्ष भएकाले यसप्रति पूर्व विद्यार्थीहरुको चासो निकै नै सराहनीय रहेको बताउनुभयो । आँफू अध्ययन गरेको संस्थालाई थप सशक्त ढंगले अगाडि बढाउन पूर्व विद्यार्थीहरुको भुमिका निकै महत्वपुर्ण हुँने अर्यालले बताउनुभयो ।
कार्यक्रममा एसएलसी समुह २०४८ का पूर्व विद्यार्थी तथा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले विद्यालयले आँफुलगायत धेरैको भविष्य उज्जवल बनाएको भन्दै हरेकले आ–आफ्नो स्थानबाट सक्रियता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्साल, सहायक प्रधानाध्यापक यमकान्त खनाललगायतले बोल्नुभएको थियो भने कार्यक्रमका संयोजक एवं एसएलसी समुह २०४८ का पूर्व विद्यार्थी युवराज गौतमले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार