कालीगण्डकी माध्यमिक विद्यालयको ३३ औं वार्षिकोत्स


वालिङ,६ माघ–कालीगण्डकी माध्यमिक विद्यालय वालिङ नगरपालिका १४ गाजनेको ३३ औँ वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले गुणात्मक शिक्षाको लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका थिए । शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले मात्रै शिक्षामा गुणस्तरीयता कायम कायम गर्न सकिने बक्ताहरुको भनाई रहेको थियो ।
कार्यक्रममा परमानन्द डुम्रे स्मृति अक्षयकोषबाट एसईईमा चार जिपिए ल्याउन सफल विद्यार्थीलाई पुरस्कृत गर्ने योजना अनुसार एसईईमा चार जिपिए ल्याएर उत्कृष्ट हुन सफल विद्यार्थी रीमा कुमारी थापा र सफल लुइँटेललाई स्वर्गीय परमानन्द डुम्रे स्मृति अक्षयकोषकी संरक्षक डमकला डुम्रेले नगद रकम सहित पुरस्कार प्रदान गर्नुभएको थियो । स्वर्गीय परमानन्द डुम्रे लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमारहेर काम गर्नुभएको थियो । सोही विद्यालयमा कार्यरत शिक्षक दिपक डुम्रेले लामो समय सम्म बुबाले विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमारहेर काम गरेको र विद्यार्थीहरुलाई अध्ययन प्रति प्रोत्साहान गर्ने उद्देश्यले रु ५१ हजार बराबरको परमानन्द डुम्रे स्मृति अक्षयकोषको स्थापना गरिएको बताउनुभयो । प्रत्येक वर्ष अक्षयकोषमा राखिएको रकमबाट आउने ब्याज मध्ये केही रकम विद्यार्थीको लागि पुरस्कार वितरण गरिने र केही रकम अक्षयकोषमा जम्मा गर्दै लगिने जानकारी दिनुभयो अक्षयकोषकी संरक्षक डमकला डुम्रेले जानकारी दिनुभयो ।

यसै गरी स्वर्गीय पण्डित तुलसीराम खनाल स्मृति अक्षयकोषद्वारा कक्षा आठबाट उत्तिर्ण मध्ये सर्वोत्कृष्ट अङ्क ३.६९ जीपीए ल्याउन सफल कृति डुम्रेलाई पण्ति तुलसीराम खनाल स्मृति छात्रवृत्ति २०७६ बाट पुरस्कृत गरिएको छ । अक्षयकोषका संरक्षक सूर्यप्रसाद खनालले छात्रा कृति डुम्रेलाई पुरस्कार प्रदान गर्नुभएको थियो भने भिमलाल डुम्रेको स्मृतिमा विद्यालयका सबै विद्यार्थीलाई स्टेसनरी तथा व्यक्तिगत सरसफाइका सामग्री सहित पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका १४ का वडा सदस्य गमप्रसाद लुइँटेल, हिरामणि डुम्रे, सुर्य प्रसाद खनाल, डमकला डुम्रे, शिक्षक अविभावक संघ अध्यक्ष कमल कुँवर, समाजसेवी सूर्य प्रसाद खनाललगायतले बोल्नुभएको थियो ।
शिक्षक उदयराज अर्यालको स्वागतसंगै शुरु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोलप्रसाद डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक दिपक डुम्रेले गर्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक ताराप्रसाद लुँईटेलले विद्यालयका वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal