आँधीखोला गाउँपालिकाको सेपत पञ्चासे सडकको शिलान्यास
वालिङ, २९ पुस– आँधीखोला गाउँपालिका ४ स्थित सेपत – भस्र्याङ देउराली पञ्चासे सडक निर्माणको शिलान्यास गरिएको छ । सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले मंगलबार एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो ।
सडकको निर्माण कार्य दुई वर्ष भित्रमा सम्पन्न गर्ने गरी गाउँपालिका र ठेकेदार कम्पनी बीच सहमति भएको गाउँपालिकाले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले सडक निर्माणपछि सेपत लप्सीबोट भस्र्याङ्ग –पातालखर्क देउराली हुँदै श्रवणकुमार पञ्चासे जाने यात्रुहरुलाई यात्रा गर्न सहज हुनुका साथै स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषि उत्पादनहरू बिकृको लागि बजार सम्म लैजान सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘यो सडकको निर्माणले सामाजिक तथा आर्थिक उन्नतिमा समेत महत्वपुर्ण टेवा पुर्याउने छ ।’ हामीले निर्वाचनका बेला बोलेका कुराहरु योजना बद्ध ढंगले पुरा गर्ने कार्यमा लागेका छौ अध्यक्ष पौडेलको भनाइ थियो ।

सडक निर्माणका लागि रु ११ करोड ४ लाख ५५ हजार ८ सय २ मा टेन्डर गरिएकोमा ४०.९९ प्रतिशत ठेक्का घटेर रु ६ करोड ५१ लाख ७५ हजार ३ सय ५७ मा सिंह एण्ड ब्रदर्स संस्कृति श्री चम्पेश्वर जे. भी कलंकी काठमाण्डौंले निर्माण कार्यको जिम्मा लिएको गाउँपालिकाले जनाएको छ ।
निर्माण कम्पनीसँग २०७७ पुस ५ गते सम्झौता भएको र आगामी २०७९ पुस ५ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।
ठेकेदार कम्पनीका प्रबन्धक पदम भट्टराईका अनुसार पक्की नाली, ट्राफिक लाइट र रोड पेन्टिङ सहितको सडकको ठेक्का सम्झौता अनुसार ४० एम. एम. मोटाइको कालोपत्रे गर्ने भनिएको छ । ११ सय मिटर ढलान र ३९सय मिटर पिच गरी ५ किलोमिटर सडकको स्तरोन्नती गर्न लागिएको हो ।
विकास निर्माणको काममा गाउँपालिका एक्लैले मात्र काम गर्न सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने पौडेलको भनाइ थियो ।

आँधीखोला गाउँपालिका ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्थानीय समाज सेवी सिंह बहादुर क्षेत्रीले गर्नु भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछाने जानकारी दिनुभयो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















