अल्मलमा नपरौ केपी ओली नेतृत्वको नेकपा नै आधिकारिक ः कृषिमन्त्री अर्याल
स्याङ्जा, २९ पुस– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारीन भएको बताउनुभएको छ । बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक भएकोले कार्यक्रतालाई अल्मलमा नपरी संगठन विस्तारका साथै चुनावको तयारीमा जुटन आग्रह गर्नुभयो । नेकपामा विवाद बढ्दै गएपछि पार्टी दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै भेला, बैठक प्रशिक्षण कार्यक्रम जिल्लामा बढ्दै जादा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व र पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउछ भन्ने चर्चा र दोधारका बिचमा रहेका कार्यक्रताहरुलाई आधिकारिक नेकपा पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको नकपा भएको बताउदै मन्त्री अर्यालले ढुक्कभएर यही अभियानमा सामेल हुन कार्यक्रतालाई आग्रह गर्नुभएको हो ।

मन्त्री अर्यालले भन्नुभयो, ‘पार्टी अध्यक्ष र महासचिवले नेतृत्व गरेको पार्टीले नै आधिरिकता पाउँछ, त्यसैले तपाईहरु ढुक्कभएर अभियानमा लाग्नुस ।’
पार्टीका २÷४ जना नेताहरु चोइटिएर छुट्टै पार्टी बनाउन खोजेको भन्दै मन्त्री अर्यालले प्रचण्ड–नेपालले पार्टीलाई विभाजीत गर्ने जमर्को गरे पनि अहिलेसम्म कानूनी मान्यता नपाएको त्यसको टुङ्गो लगाउने कार्य निर्वाचन आयोगको भएको मन्त्री अर्यालको भनाइ थियो ।
जनताका बीचमा खाएको कसम पुरा गर्न, जनताका सपनाहरुको मलामी जाँन नदिने भन्दै मन्त्री अर्यालले अहिलेको असाधारण परिस्थितीसँग दृढतापूर्वक जुध्दै नेकपालाई अझ शसक्त बनाउदै फेरि आउने निर्वाचनमा कम्युनिष्ट पार्टीकै बहुमतको सरकार बनाएर जनताको सपनालाई साकार पार्ने बताउनुभयो ।
निर्वाचन जितेर सबैभन्दा ठूलो पार्टी बनेकै दिनदेखी यो सरकार, आन्दोलन र केपी ओलीको नेतृत्वलाई कमजोर पार्ने तत्वहरु सक्रिय रहेकाले अहिलेको स्थिती सिर्जना भएको मन्त्री अर्यालको भनाइ थियो ।
भेला थता प्रशिक्षण कार्यक्रमको अवसरमा भीरकोटमा १५ जना युवाहरु तरुण दल र अर्जुनचौपारीमा नेपाली काँग्रेस परित्याग गरी ६ जना नेकपामा प्रवेश गरेको नेकपा ओली समुहले जनाएको छ ।

ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















