वालिङ नगरपालिकाको नवौं नगर सभा सम्पन्न

वालिङ, २८ पुस– वालिङ नगरपालिकाको नवौं नगरसभा मंगलबार सम्पन्न भएको छ । नवौं नगरसभाले विभिन्न कार्यसूचिमाथि छलफल गरी पारित गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा भएको सभामा नगर उपप्रमुख कल्पना तिवारीले पेश गर्नुभएको आर्थिक ऐन २०७७ मा अनुसूचि थप गरी करको दर निर्धारणसम्बन्धी प्रस्ताव, वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक गीता रनपालले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७७, न्यायिक समिति संयोजक कल्पना तिवारीले प्रस्तुत गर्नुभएको न्यायिक समितिको कार्यविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७७, योजना तथा बजेट तर्जुमा समिति संयोजक कल्पना तिवारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत वार्षिक बजेट पूजीँगततर्फ योजनागत बजेट रकमान्तर, उपप्रमुख तिवारीले प्रस्तुत गर्नुभएको न्यायिक समितिको प्रतिवेदन, वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको वडा नं. १४ लाई विभाजन गरेर दुई वटा वडा कायम गरी कूल १५ वटा वडा कायम गर्ने प्रस्ताव तथा नगर प्रवक्ता केदार काफ्लेले प्रस्तुत गर्नुभएको नगर कार्यपालिकाले गरेका निर्णयहरुलाई नगरसभाले पारित गरेको छ । अन्य वडाको तुलनामा वडा नं. १४ भौगोलिकरुपमा ठूलो र विकट भएको, स्रोत साधनको असुविधा भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गर्न माग गर्दै प्रभावित क्षेत्रका एकहजार ६ जनाको हस्ताक्षर तथा भेलाले निर्णयहरु गरेर वडामा र वडाले नगर कार्यपालिकामा बुझाएको नगर प्रवक्ता काफ्लेले बताउनुभयो ।

१४ नं. वडाका २५ वटा टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवीहरुको भेलाले यही पुस १० गते वालिङ नगरपालिकाको साविकको १० नं. वडा, साविक थुमपोखरा गाविसको वडा नं. ९ कोखे टोल र साविकको कालिकाकोट गाविसको २ नं. वडाको हुग्दी टोललाई समावेश गरी थप वडा कायम गर्ने निर्णय स्थानीय वडाबासीले गरेका वडा नं. १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार यही पुस १७ गतेको वडाको बैठकले स्थानीयहरुबाट निर्णय भई आएको प्रस्तावलाई नगर कार्यपालिका बैठकमा पेश गरेकोमा यही पुस २३ गतेको कार्यपालिका बैठकले नगरसभामा पेश गर्ने निर्णय गरेको थियो ।

“विभिन्न आठ वटा कारणहरुसहित वडा विभाजन गरी छुट्टै वडा बनाउन स्थानीयले माग गर्नुभएको थियो” नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “यस विषयमा सम्बन्धित क्षेत्रका बहुमत नागरिकको धारणाका आधारमा नगरसभामा पेश भई सभाबाट पारित भएको हो ।”
नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताउनुभयो । अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो भएकाले १४ नम्बर वडालाई अन्यको तुलनामा नगरबाट धेरै रकम विनियोजन गरिँदै नगर प्रमुख खाँणले बताउनुभयो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal