भरूवा बन्दकु सहित चापाकोटका गोपाल पक्राउ

फाइल तस्विरः

स्याङ्जा, २६पुस–प्रहरीले भरूवा बन्दुक एक थान र बन्दुकको नाल पाँच थान सहित एक व्याक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चापाकोट नगरपालिका ३ बस्ने ४७ वर्षीय गोपाल कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गोप्य सूचनाको आधारमा कामीको घर खानतलासी गर्दा भरूवा बन्दुक र भरूवा बन्दुकको नाल बरामद गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कामीलार्ई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसैबीच स्कुटर जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । यही पुस १४ आँधीखोला गाउँपालिका २ मडुवाका खिमानन्द सापकोटाको ग ४ प ९६३७ नम्बरको घर निजकै पार्किङ गरी राखिएको स्कुटर जलाईएको थियो । घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा आँधीखोला ३ का २८ वर्षीय रबिन क्षेत्रीले सापकोटाको स्कुटर जलाएको खुल्न आएकाले प्रहरीले रबिनलाई पक्राउ गरेको हो । पक्राउ परेका रबिनलाई आपराधिक प्रवेश सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal