भरूवा बन्दकु सहित चापाकोटका गोपाल पक्राउ

फाइल तस्विरः

स्याङ्जा, २६पुस–प्रहरीले भरूवा बन्दुक एक थान र बन्दुकको नाल पाँच थान सहित एक व्याक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चापाकोट नगरपालिका ३ बस्ने ४७ वर्षीय गोपाल कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गोप्य सूचनाको आधारमा कामीको घर खानतलासी गर्दा भरूवा बन्दुक र भरूवा बन्दुकको नाल बरामद गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कामीलार्ई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसैबीच स्कुटर जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । यही पुस १४ आँधीखोला गाउँपालिका २ मडुवाका खिमानन्द सापकोटाको ग ४ प ९६३७ नम्बरको घर निजकै पार्किङ गरी राखिएको स्कुटर जलाईएको थियो । घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा आँधीखोला ३ का २८ वर्षीय रबिन क्षेत्रीले सापकोटाको स्कुटर जलाएको खुल्न आएकाले प्रहरीले रबिनलाई पक्राउ गरेको हो । पक्राउ परेका रबिनलाई आपराधिक प्रवेश सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal