वालिङ नगरपालिकालाई पन्ध्र लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

वालिङ, २६ पुुस– वालिङ ८ काफलडाँडा घर भई काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी डोलराज शर्मा पंगेनीले वालिङ नगरपालिकालाई पन्ध्र लाख बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनुभएको छ । आइतबार वालिङ नगरपालिकालाई आईसियू बेड तथा सामान्य शैया उपलब्ध गराउनुभएको हो । वालिङ नगरपालिकामा स्वास्थ्यको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउनका लागि सहज होस् भन्ने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको समाजसेवी शर्माले बताउनुभयो । “शैयाको अभावकै कारण अस्पतालमा विरामीको उपचारमा समस्या भईरहेको अवस्थालाई मध्यनजर गरी हामीले आईसियू बेड, सामान्य शैया तथा अन्य उपकरणहरु उपलब्ध गराएका छौं” समाजसेवी शर्माले भन्नुभयो, “स्वास्थ्य उपकरणको सही सदुपयोग गरी सेवा प्रवाह गर्नुहुन नगरपालिकासमक्ष अनुरोध गर्दछौं ।” नगरप्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिकाले स्वास्थ्यको पहुँचलाई सर्वसाधारणबीच पु¥याउनका लागि तत्पर भएर लागेको बताउदै प्राप्त सामग्रीको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “उहाँले कोभिड १९ को सङ्क्रमणका समयमा पनि मास्क, सेनिटाईजर, पिपिई सेट उपलब्ध गराएर गुन लगाउनुभएको थियो” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिले पनि उहाँले नगरपालिकालाई बेडसहित अन्य उपकरणहरु उपलब्ध गराउनुभएकोमा आभार ब्यक्त गर्दछु ।”
नगरपालिकाले वालिङस्थित गह«ौं प्राथमिक अस्पताललाई स्तरोन्नतिको कार्य अगाडि बढाईरहेका बेला बेडहरु उपलब्ध गराएर ब्यवस्थापनका लागि थप सहयोग पुगेको बताउनुभयो ।
प्राप्त उपकरण गह«ौं प्राथमिक अस्पतालमा राखिने नगर प्रमुख खाँणले बताउनुभयो । उहाँले अस्पतालमा २५ सामान्य शैया, ५ शैया आईसियू र १७ शैया प्रसुति गरी ४७ शैया क्षमताको बनाईने बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal