वालिङ नगरपालिकालाई पन्ध्र लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
वालिङ, २६ पुुस– वालिङ ८ काफलडाँडा घर भई काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी डोलराज शर्मा पंगेनीले वालिङ नगरपालिकालाई पन्ध्र लाख बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनुभएको छ । आइतबार वालिङ नगरपालिकालाई आईसियू बेड तथा सामान्य शैया उपलब्ध गराउनुभएको हो । वालिङ नगरपालिकामा स्वास्थ्यको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउनका लागि सहज होस् भन्ने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको समाजसेवी शर्माले बताउनुभयो । “शैयाको अभावकै कारण अस्पतालमा विरामीको उपचारमा समस्या भईरहेको अवस्थालाई मध्यनजर गरी हामीले आईसियू बेड, सामान्य शैया तथा अन्य उपकरणहरु उपलब्ध गराएका छौं” समाजसेवी शर्माले भन्नुभयो, “स्वास्थ्य उपकरणको सही सदुपयोग गरी सेवा प्रवाह गर्नुहुन नगरपालिकासमक्ष अनुरोध गर्दछौं ।” नगरप्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिकाले स्वास्थ्यको पहुँचलाई सर्वसाधारणबीच पु¥याउनका लागि तत्पर भएर लागेको बताउदै प्राप्त सामग्रीको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “उहाँले कोभिड १९ को सङ्क्रमणका समयमा पनि मास्क, सेनिटाईजर, पिपिई सेट उपलब्ध गराएर गुन लगाउनुभएको थियो” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिले पनि उहाँले नगरपालिकालाई बेडसहित अन्य उपकरणहरु उपलब्ध गराउनुभएकोमा आभार ब्यक्त गर्दछु ।”
नगरपालिकाले वालिङस्थित गह«ौं प्राथमिक अस्पताललाई स्तरोन्नतिको कार्य अगाडि बढाईरहेका बेला बेडहरु उपलब्ध गराएर ब्यवस्थापनका लागि थप सहयोग पुगेको बताउनुभयो ।
प्राप्त उपकरण गह«ौं प्राथमिक अस्पतालमा राखिने नगर प्रमुख खाँणले बताउनुभयो । उहाँले अस्पतालमा २५ सामान्य शैया, ५ शैया आईसियू र १७ शैया प्रसुति गरी ४७ शैया क्षमताको बनाईने बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















