वालिङमा खुल्ला पुरुष ब्याडमिण्टन प्रतियोगिता

स्याङ्जा, २६ पुुस– लियो क्लब अफ वालिङ सिटीको आयोजनामा खुल्ला पुरुष बि एण्ड सि क्याटागोरि ब्याडमिण्टन प्रतियोगिता वालिङस्थित कभर्डमा सम्पन्न भएको छ । वालिङ, भीरकोट र चापाकोट नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ वालिङ सिटीको समन्वयमा आयोजित प्रथम लियो वालिङ ब्याडमिण्टन कप डबल ब्याडमिण्टन प्रतियोगिता २०२० र २१ को समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले खेलले युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्ने बताउनुभयो ।
उहाँले खेल क्षेत्र तथा खेलाडीहरुको विकासका नगरपालिका सँधै सकरात्मक रहेकाले खेलाडीहरुलाई स्थापित गर्ने कार्यक्रमहरु समेत ल्याउने बताउनुभयो । संस्थाका अध्यक्ष लियो दिक्षान्त खाँणको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव लियो हरि रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक लियो शिव हिताङले गर्नुभएको थियो ।
प्रतियोगितामा बि क्याटागोरी तर्फ बुटवलका सुमितकुमार घिमिरे र खड्कबहादुर आले प्रथम हुनुभएको छ भने वालिङका प्रकाश सुवेदी र विष्णु गुरुङ द्वितीय हुनुभएको छ । त्यस्तै सि क्याटागोरी तर्फ लियो शिव हिताङ र अनिल हिताङ प्रथम र ओम गुरुङ र पात्ते गुरुङ द्वितीय हुनुभएको छ ।
दुवै क्याटागोरीका प्रथम, द्वितीय हुने खेलाडीले क्रमश रु. २० हजार र १० हजार नगद सहित ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उत्कृष्ट खेलाडी घोषणा हुनुभएका बुटवलका सुमन थापाले ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा स्याङ्जा सहित गुल्मी, पाल्पा, कास्की र रुपन्देही गरि ५० समुहको सहभागिता रहेको थियो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal