वालिङमा खुल्ला पुरुष ब्याडमिण्टन प्रतियोगिता

स्याङ्जा, २६ पुुस– लियो क्लब अफ वालिङ सिटीको आयोजनामा खुल्ला पुरुष बि एण्ड सि क्याटागोरि ब्याडमिण्टन प्रतियोगिता वालिङस्थित कभर्डमा सम्पन्न भएको छ । वालिङ, भीरकोट र चापाकोट नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ वालिङ सिटीको समन्वयमा आयोजित प्रथम लियो वालिङ ब्याडमिण्टन कप डबल ब्याडमिण्टन प्रतियोगिता २०२० र २१ को समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले खेलले युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्ने बताउनुभयो ।
उहाँले खेल क्षेत्र तथा खेलाडीहरुको विकासका नगरपालिका सँधै सकरात्मक रहेकाले खेलाडीहरुलाई स्थापित गर्ने कार्यक्रमहरु समेत ल्याउने बताउनुभयो । संस्थाका अध्यक्ष लियो दिक्षान्त खाँणको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव लियो हरि रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक लियो शिव हिताङले गर्नुभएको थियो ।
प्रतियोगितामा बि क्याटागोरी तर्फ बुटवलका सुमितकुमार घिमिरे र खड्कबहादुर आले प्रथम हुनुभएको छ भने वालिङका प्रकाश सुवेदी र विष्णु गुरुङ द्वितीय हुनुभएको छ । त्यस्तै सि क्याटागोरी तर्फ लियो शिव हिताङ र अनिल हिताङ प्रथम र ओम गुरुङ र पात्ते गुरुङ द्वितीय हुनुभएको छ ।
दुवै क्याटागोरीका प्रथम, द्वितीय हुने खेलाडीले क्रमश रु. २० हजार र १० हजार नगद सहित ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उत्कृष्ट खेलाडी घोषणा हुनुभएका बुटवलका सुमन थापाले ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा स्याङ्जा सहित गुल्मी, पाल्पा, कास्की र रुपन्देही गरि ५० समुहको सहभागिता रहेको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal