गतिशिल महिला बहुउद्देश्यीय सहकारीको ८ औं साधारण सभा सम्पन्न

वालिङ,२६ पुस– गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाको ८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले महिलाहरुले स्थापित गरेको सहकारी जिल्लामै नमुनायोग्य भएको बताउनुभयो । नगरप्रमुख खाँणले धेरै महिलाहरुलाई एकिकृत गरी सहकारीले महिलाहरुलाई आर्थिक रुपमा समेत सशक्त बनाउन उत्प्रेरित समेत गराएको बताउनुभयो ।
कार्यक्रममा वालिङ होल्डिङ कोअपरेटिभका सचिव भुपराज बगाले, न्यू गाँउबेसी बचत तथा सहकारीका अध्यक्ष अर्जुन खनाल, लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष कविता तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष पुर्णकला वोस्ती र सञ्चालन सचिव इन्दिरा अधिकारीले गर्नुभएको थियो । ७ हजार ३ सय ९७ जना सेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड १५ लाख २६ हजार ९ सय रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । कोरोनाका कारण सहकारीले प्रतिनिधिमुलक रुपमा सदस्यहरुलाई जम्मा गराई जुमबाट समेत भर्चुअल रुपमा साधारण सभा गरेको हो ।

यसै गरी राधाकृष्ण महिला जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भीरकोट ८ मोहनडाँडाको ११औं साधारण सभा तथा सिलाईकटाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सहकारीले महिला शसक्तिकरण र महिला गतिशिलताका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

प्रमुख खनालले सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादनमुलक कार्यमा प्रोत्साहन गर्नुपर्ने भन्दै सेवाग्राहीलाई सरल सहज सेवा प्रवाह गर्न जोड दिनुभयो । कार्यक्रममा हरिप्रसाद खनाल, वडा सचिव भेषबहादुर रानालगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष मित्रकुमारी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन विन्दु केसीले गर्नुभएको थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal