‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’

नक्सामा मात्र होइन व्यवहारमै भूमि फिर्ता ल्याएर छाड्छौं ः प्रधानमन्त्री ओली

काठमाडौं, २६ पुुस– प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने घोषणा गर्नुभएको छ ।
राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धीले कायम गरेको नेपालको भूभाग मित्रतापूर्ण ढंगले वार्ता गरेरै नेपालको स्वमित्व स्थापित गर्ने बताउनुभयो । ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको टिप्पणी समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ ।”
आफूले अघिल्लो पटक संविधान जारी गरे बापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि सरकार ढाल्न खोजेको आरोप नेकपाका नेताहरुलाई लगाउनुभयो ।स्रोत नेपाल प्रेस

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal