नेकपाद्वारा कृषि मन्त्री अर्यालका बारेमा आएका समाचार प्रति आपत्ति


वालिङ,२५ पुस– नेपाल कम्युनिष्ट पार्टी वालिङ नगर कमिटीले कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालका बारेमा केही सञ्चार माध्यममा आएका समाचार प्रति आपत्ति प्रकट गरेको छ ।
शनिबार वालिमा नेकपा वालिङ नगर कमिटी द्वारा आयोजित कार्यक्रता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न वालिङ आउनुभएकी कृषि मन्त्री अर्याललाई नेपाली कांग्रेसका कार्यक्रताले खोलैखोल लखेटेको भन्ने समाचार मिडियामा आएपछि नेकपा नगर कमिटीले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको विरोध प्रदशन कार्यक्रमलाई जोडेर अतिरञ्न्ति गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।
नेकपा नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रे द्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, मन्त्री अर्याल कार्यक्रम स्थल सिटी हलमा जाने क्रममा नेपाली कांग्रेसको प्रदेश केन्द्रित विरोध कार्यक्रम स्थलबाट लगाइएको नारालाई बढाईचढाई गरी अनावश्यक समाचार प्रसारण गरिएको प्रति आपत्ति प्रकट गर्दै अनावश्यक झुट्टा कुराले जनतालाई भ्रमित नपार्न आग्रह गरिएको छ ।

गलत समाचार सम्प्रषण गर्दा जनतामा प्रेस प्रतिनै अविश्वास हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यक्रम भव्य रुपमा सम्पन्न भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कृषि मन्त्री अर्याल गृहनगर वालिङमा कार्यक्रता भेला एवं प्रशिक्षणको लागि आउने क्रममा वालिङ मोडमा नेपाली कांग्रेसको विरोध कार्यक्रम रहेकोले मिर्दी बाट कच्चि सड्क हुदै कार्यक्रम स्थल तर्फ जाने क्रममा कांग्रेस कार्यक्रर्ताले विरोध जनाएको भिडियो सिचेर कृषि मन्त्री अर्याललाई कांग्रेसका कार्यक्रर्ताले खोलैखोल लेखेटेको भन्दै फेस बुकमा भिडियो अप्लोड भएको केही बेरमा एकाएक अनलाइन सञ्चार माध्यामहरुमा साचार प्रकाशन भएपछि निकै चर्चा भएको थियो । समाचारमा आएजस्तो भन्त्री अर्याल भागेको र कांग्रेस कार्यक्रताले लखेटेको भन्ने समाचारलाई भने मन्त्री अर्यालले पार्टीको कार्यक्रम सकिए संगै कार्यक्रम स्थल देखि वालिङ बार हुदै मोड सम्म गरेको पैदल यात्रा एवं कार्यकर्ता भेट्घाटले झुटो सावित गरिदिएको छ । मन्त्री अर्यालले घटनाबारे बुझ्दा बाहिर मिडियामा आए जस्तो केही नभएको र नेपाली कांग्रेसको विरोध कार्यक्रमलाई डिस्टव नहोस भनेर आफु खोला किनारको बाटो कार्यक्रम स्थलमा गएको बताउनुभो ।

यसैगरी नेकपा केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसले वालिङ मोडमा नेपाली कांग्रेसको कार्यक्रम भएकोले सो कार्यक्रमलाई असर नपर्ने गरी कार्यक्रम स्थल सिटीहल पुग्न प्रशासनले मिलाएको वैकल्पीक बाटोटको प्रयोग गरेर मालेबगर हुदै जाने क्रममा नेपाली कांग्रेसका कार्यक्रताहरुले पञ्तन्जली नजिकै गुडिरहेको मन्त्रीको सवारी साधनको भिडियो खिचेर मन्त्रीलाई लखेटेको भन्ने समाचार र धारणाको पार्टीले खारेज गर्ने बताउनुभएको छ । नेकपा जनता द्वारा लखेटिने नभइ जनतामाझ झाँगीदै गएको प्रति डाहा गरी अराजनीतिक व्यवहार प्रदर्शन गर्नेहरु हरुले फैलाएको भ्रम प्रति सचेत रहन गैह्रे द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal