साक्षरता कार्यक्रम विस्तार गर्न सरोकारवालाको माग
फाइल तस्विरः
स्याङ्जा, २० पुस– स्याङ्जा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम प्रभावकारी भएको भन्दै स्थानीय तथा जिल्ला तहका सरोकारवालाहरुले कार्यक्रमको विस्तार गर्न लागि माग गरेकाछन् । साक्षरता कार्यक्रमको सन् २०२० मा भएका कार्यक्रम तथा उपलब्धि विषयक वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।
साक्षरता कार्यक्रम अन्तर्गत कक्षा एक र दुईमा नेपाली पढ्न सक्ने भएको, पुस्तकालयको माध्यमबाट पढ्ने बानीको विकास राम्रो भएको पाइएकोले यस कार्यक्रमलाई पालिकासँगको साझेदारीतामा कार्यक्रम सञ्चालन नभएका जिल्लाका अन्य विद्यालयमा समेत लैजान सरोकारवालाहरुले अनुरोध गरेकाछन् ।
समीक्षा कार्यक्रममा रुम टु रिडका राजन सापकोटा र टेक बहादुर ढेंगाले यस वर्ष गरिएका मुख्य क्रियाकलापहरु रेडियो स्कुल कार्यक्रम मार्फत सिकाई सहजीकरण, अभिभावकलाई फोन सम्पर्क तथा सिकाई वातावरण निर्माणका लागि सहजीकरण, पुस्तकालय तथा कक्षाको लागि पुस्तक प्रदान, शिक्षक तालिम, २० वटा विद्यालयका कक्षा दुईको कक्षा कोठा व्यवस्थापन आदि र यसले पारेको प्रभावको वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीता सुन्दास लगाएत १० वटा पालिकाका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुको विचारलाई सम्बोधन गर्दै रुम टु रिडका साक्षरता कार्यक्रम प्रबन्धक पवन सिँह कार्कीले रुम टु रिडले पनि सरोकारवालाहरुको माग बमोजिम निकट भविश्यमै साक्षरता कार्यक्रमलाई स्केल अप मोडलमा सबै विद्यालयमा लैजाने योजना रहेको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै रुम टु रिड तनहुँ फिल्ड कार्यालयका बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक शुसिल तिम्सिनाले स्याङ्जा जिल्लामा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि सहयोग गर्नुहुने साझेदार संस्था सूर्याेदय क्लब लगाएत सबै सरोकारवालाहरलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
रुम टु रिडको आर्थिक सहयोग, सूर्योदय क्लबको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय पालिकाहरुसँगको समन्वयमा हाल ५५ वटा विद्यालयमा यस कार्यक्रम सञ्चालन भइरहेको र अव यस कार्यक्रमलाई यथासिघ्र अन्य विद्यालयहरुमा विस्तार गर्नको लागि सूर्योदय क्लब तयार रहेको र त्यसको आवश्यक पहल गर्ने क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रमको सञ्चालन सूर्याेदय क्लवका कार्यक्रम संयोजक आशिष न्यौपानेले गर्नुभएको थियो ।

ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















