पहिलो प्राथमिकता किसानलाई ः मन्त्री अर्याल


काठमाडौं,२१ पुस–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउने भएको बताउनुभएको छ । मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
यो वा त्यो कारण देखाएर कोही पनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उहाँले किसानका समस्या समयमै समाधान हुने गरि कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
अबको सिजनका निम्ती किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेनी नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिनुभयो ।
अहिले नै काम नगरेमा भोली समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जति प्रगती देखिएपनि त्यसले सही मानेमा प्रगती नठहर्ने समेत बताउनुभयो । ‘आज गयो भोली गयो समय गइरहन्छ । ठ्याक्कै सिजन आइसकेकोपछी रुवाबासी शुरु हुन्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘ किसानलाई मल दिन सकिएन भने, तपाई हामीले जति दुख गरेपनि, जति प्रगती गरे पनि देखिदैन । त्यसकारण समयमा मल किसानलाई पु¥याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस् ।’
विगतका कार्यबाट शिक्षा लिँदै भोलीका दिनमा धोका नपाउने गरि कार्ययोजना बनाएर अगाडी बढ्न उहाँले निर्देशन दिनुभयो । ‘दिर्घकालिन रुपमा समस्याको समाधान हुने गरि अगाडी बढौं । दिर्घकालिन समाधानको खाका के हो ?’, मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईहरु भुक्तभोगीहरुले अलिकती मेहनतपूर्वक कार्ययोजना बनाउनुस । योजना बनाएर अहिले देखि नै अगाडी बढौ ।’
मलको आपुर्ती र वितरणको समस्याको समाधान दिर्घकालिन हिसाबले सोच्नुपर्ने उहाँको भनाई थियो । सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्ने गरि आफु अगाडी बढेको भन्दै उहाँले भण्डारण गर्ने संरचना बनाएपनि मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन । हामीले संरचना खोजेको होइन मल खोजेको हो । त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, बिवादित नहुने गरि ल्याउनुप¥यो ।’
विवादरहित ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले त्यही ढंगले मलको आपुर्ती गर्न समेत आग्रह गर्नुभयो । उहाँले विशेष तथा सफल कार्ययोजना बनाएर अगाडी बढ्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सफल कार्ययोजना बनाएर अगाडी बढ्नुस । यो औपचारिकताका निम्ती हुदै होइन । जिम्मेवारी पुरा गर्ने हो ।’
मंगलबार नेपाल पशुचिकित्सा परिषद्, कृषि सामग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान तथा कपास विकास समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विस्तार आयोजना, लाइस्टक सेक्टर इनोभेसन आयोजना, खाद्य तथा पोषण व्यवस्थापन आयोजना रानीजमरा कुलेरिया सिंचाइ आयोजना र समुदायमा आधारित सिंचाइ आयोजना (सिएमआएसपी)ले आ–आफ्नो गतिविधीहरु प्रस्तुत गरिएका थिए ।
त्यस अवसरमा मन्त्रालयका सचिवद्वय डा.योगेन्द्रकुमार कार्की, डा. पेमनारायण कँडेलले कुनै पनि क्षेत्रको सुधारका लागि लाइभस्टक सेक्टर मास्टर प्लान आवश्यक रहेको र यसको व्यवस्थाका लागि आफू डटेर लाग्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्रालयमा देखिएको बेरुजुप्रति सजक रहन तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई नियमित कार्यक्रमसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal