पिडिखोलामा निशुल्क स्वास्थ्य शिविर, सबै नगरवासीको पहुँचमा निशुल्क स्वास्थ्य सेवा पुर्याउछौं ः नगरप्रमुख अधिकारी


गल्याङ, २० पुस– गल्याङ नगरपालिका ६ पिडिखोलामा आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् । गल्याङ नगरपालिकाको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा तीन सय तीन जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।
पिडिखोला डुडेमा रहेको स्वास्थ्य कार्यालयमा भएको शिविरमा त्यस क्षेत्रका आसपासका क्षेत्रबाट स्वास्थ्य परिक्षण गराउन ठूलो संख्यामा सहभागी भएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शिविरको उद्घाटन समारोहमा बोल्दै गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले सबै नागरिकको पहुँचमा निशुल्क स्वास्थ्य सेवा पु¥याउन नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाद्वारा सञ्चालन गरिएको गल्याङ नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएसँगै नगरवासीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन अझै सहज भएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘गल्याङ नगर अस्पतालको क्षमता बढाउने प्रक्रिया भएको छ । यसबाट नगरवासीले अधिकतम लाभ लिने अवस्था बनेको छ ।’ अस्पतालमा दक्ष चिकित्सक रहेको र अझै थप्ने क्रममा रहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले पोखरामा रहेको गण्डकी अस्पताल र पाल्पामा रहेको लुम्बीनी मेडिकल कलेज तथा काठमाडौंको अस्पतालसँग गल्याङ नगर अस्पतालले मितेरी सम्बन्ध स्थापना गरिसकेको जानकारी समेत दिनुभयो ।
जटिल प्रकारका रोग लागेका विपन्न परिवारका लागि नगरपालिकाले स्वास्थ्य कोष स्थापना गरि सहयोग गर्ने पनि उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले सबै नगरवासीको अनिवार्य स्वास्थ्य बीमाको नीति लिइएको भन्दै विपन्न परिवारका लागि नगरपालिकाले निशुल्क बीमा गर्ने व्यवस्था मिलाईएको बताउनुभयो । नगरवासीको बीमा गराउने कार्यमा अझै बढि क्रियाशिल हुन स्वास्थ्य बीमा अभिकर्ताहरुलाई आग्रह गर्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमबाट कोही नछुट्ने वातारण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ६ नम्बर वडाका वडाध्यक्ष टिकाराम भुषालले वडावासीको सुविधाका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको भन्दै अधिकतम सेवा लिन आग्रह गर्नुभयो ।
उहाँले आगामी दिनमा पनि वडावासीको स्वास्थ्यको लागि अन्य कार्यक्रमहरु पनि ल्याउने बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal