अन्धकार मुक्ति बचत तथा ऋण सहकारी रामपुरले मनायो २२ औं स्थापना दिवस
रामपुर, २० पुस– अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर ७ पाल्पाले २२ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाल सहुलियत दरमा ऋण उपलब्ध गराएर धेरै कृषक तथा महिलाहरुलाई उद्यमी बनाउन सफल भएकोमा आफुलाई निकै खुसी लागेको बताउनुभयो । नगरप्रमुख थापाले रामपुर नगरपालिकाले बनाएको नीति नियम र परिधिमा रही काम गर्ने कृषक एवं व्यवासायीलाई कामको आधारमा संस्थामार्फत १२ लाख रुपैया बराबरको सहुलियत दरमा ऋण दिइने तथा त्यसको व्याज मिनाहा गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
कार्यक्रममा ४० जना बचतकर्ता तथा एक जना उत्कृष्ठ कर्मचारीलाई सम्मान समेत गरिएको छ । त्यस्तै नियमित बचत तर्फ ५ जना, उत्कृष्ठ कारोबार तर्फ ५ जना, असल ऋणि तर्फ ५, सफल व्यवसायीतर्फ ५, संस्थाको उद्देश्य अनुरुप कार्य गर्ने ५ जनालाई पुरस्कृत गरिएको छ । भने उत्कृष्ठ लघुवित्त सेवाकेन्द्र तर्फ रामपुर, अर्चले, ताहूँ, रामटार, जब्गादी, पूवर््ाखोला, तथा एस ईईमा उत्कृष्ठ भानुभक्त मावी गेझाका प्रकृति सेढाई र जनकल्याण मावीका पुनम विकलाई पुरस्कृत गरिएको छ । त्यस्तै कार्यरत कर्मचारी विशाल अधिकारी, सुझावकर्ता हरिप्रसाद भण्डारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष तिर्थ प्रसाद प्रगेनी, सल्लाहकार कमलराज भट्टराई, संस्थापक अध्यक्ष तथा सल्लाहकार मोहन भट्टराई शेयर सदस्य लोकप्रसाद श्रेष्ठ, सिता प्रधान, सामुदायिक रेडियो रामपुरका स्टेशन प्रवन्धक छवि खनाल, पुरस्कृत महिलाबाट रेडुकादेवि ठाडा लगायतले बोल्नुभएको थियो ।
संस्थाका कोषाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा व्यवथापक दिपेन्द्रप्रसाद भट्टराईले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षता र सचिव ओमप्रकाश बस्यालले सञ्चालन गर्नुभएको थियो । २८ जना शेयर सदस्यबाट रु २८ हजार पँुजीाबाट सुरुभएको संस्थामा अहिले अहिले दश हजारको संख्यामा शेयर सदस्य रहेकाछन् भने एक अर्ब पाँच करोड बराबरको आर्थिक कारोबार गरेको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















