उद्यमीलाई कृषि औजार हस्तान्तरण

वालिङ, २० पुस– वालिङ नगरपालिका भीत्ररहेका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई टनेल,भ¥याङ, सिकेचर र करौैती लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कृषि औजार हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बृद्धि गराउने उद्देश्यले कृषि औजार तथा सामग्रीहरु बितरण गरिएको बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन सामाग्री बितरण गरिएको हो ।’ बितरण गरिएका सामग्रीको सहि सदुपयोग गरेर आर्थिक बृद्धि गर्न समेत उपप्रमुख तिवारीले कृषकहरुलाई आग्र्रह गर्नुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाई सहयोग गर्न र उनिहरुलाई आर्थिक रुपममा सबल बनाउनको लागि नगरपालिका सदैव कृषकको साथमा रहेको बताउनुभयो । उहाँले नगरपालिकाको समग्र आर्थिक बृद्धिकालागि बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
परियोजना अन्तरगत कोभिड प्रभावित कृषकहरुलाई उनीहरुकै मागका आधारमा बिभिन्न सामाग्रीहरु प्रदान गरिदै आएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले कृषक तथा उद्यमीहरुको मागका आधारमा बिभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताउनु भयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal