गल्याङका विपन्न परिवारलाई न्यानो कपडा वितरण


उदयराज भण्डारी
गल्याङ, १९ पुस– गल्याङ नगरपालिकामा रहेका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेम एण्ड माया फाउण्डेसन नेपाल अमेरिकाले पठाएको न्यानो कपडा आइतबार हाम्रो साथ नेपाल संस्थामा आवद्ध चलचित्र अमूल्य प्रेमको समुहले वितरण गरेको हो ।
गल्याङ नगरपालिका २ अन्तर्गत शारीरिक रुपमा असक्त भएका दुई विपन्न परिवार र वडा नम्बर ११ एक अति विपन्न परिवार पहिरोले वस्ती विस्थापित भएका एक परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण गर्दै हाम्रो साथ नेपाल स्याङ्जाका संयोजक नारायण विश्वकर्माले हेम एण्ड माया फाउण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताउनुभयो । उहाँले सहयोगका लागि पहल गरिदिनुहुने फाउण्डेसन गण्डकी प्रदेस संयोजक मैना रेग्मी सहित सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
विश्वकर्माले देश तथा विदेशमा क्रियशिल विभिन्न संस्थाहरु संग सहकार्य गर्दै जिल्लामा रहेका विपन्न परिवारको पक्षमा, कला र संगितको क्षेत्रमा हाम्रो साथ नेपालले काम गर्ने बताउनुभयो । न्यानो कपडा वितरण कार्यक्रममा चालचित्र अमूल्य प्रेमका कलाकारहरुको समेत सहभागिता रहेको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal