आँधीखोला गाउँपालिका द्वारा कृषकलाई हाते ट्याक्टर वितरण
स्याङ्जा, १९ पुस– आँधीखोला गाउँपालिकाले कृषकलाई अनुदानमा हाटे ट्याक्टर वितरण गरेको छ । पालिकाले कृषकहरुलाई आधुनिक कृषि प्रणालीमा जोड दिदै ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको हो । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

कृषिलाई प्राथामिकतामा राखेर पालिकाले कार्य गर्दै आईरहेको बताउदै कृषि पेशा प्रति कृषकहरुलाई आक्रषित गरि अगाडी बढाउन हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । ‘गोरुले जोत्दा समय धेरै लाग्ने र मेहेनत धेरै गनुपर्छ’ उहाँले भन्नुभयो, ‘कृषिलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर वितरण गरेका हौं ।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले युवाहरुलाई कृषिमा आर्कषित गरि वैदेशिक रोजगारीलाई न्युनीकरण गर्दै आफ्नै गाउँठाउँको विकास गर्नु पर्ने बताउनुभयो । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति तथा कार्यक्रम बनाई काम गरिरहेको उपाध्यक्ष पौडेले बताउनुहुन्छ ।

पुर्खौली अवस्थादेखि नै दिनभरी लगाएर खेतबारी जोत्नु परेको धेरै मेहेनत गर्नुपरेको र समयमै गोरु नपाउँदाको पिडा सुनाउँदै कृषक तोयानाथ पौडेलले भन्नुभयो, ‘अब त एक घण्टामै आफ्नो खेत बारी जोत्न सकिने भयो । गोरु खोज्दै हिँड्नुपर्ने अवस्था रहेन् । मेहेनत पनि कम पर्ने भयो ।’ युवाहरू रोजगारिक लागि विदेश तर्फ पलायन भए सँगै गोरु पाल्ने तथा खेतीपाती गर्ने अवस्थामा कमी आएको तथा भौगोलिक रूपमा विकट क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने कृषकहरूले बताएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको बताउदै युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गर्नुभयोे । प्रति ट्याक्टर रु ५५ हजार मध्ये किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन् । किसानहरूको अत्याधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरि दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने पालिकाले जनाएको छ । कृषि प्राविधिक अर्जुन चापागाँइले हाते ट्याक्टर सञ्चालनको तौरतरिकाका बारेमा कृषकलाई जानकारी गराउनुभएको थियो ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















