पत्रकार सिलवाल सूचक पत्रकारिता पुरस्कारबाट सम्मानित
काठमाडौं, १९ पुस– पत्रकार प्रकाश सिलवाल सूचक प्रकाशनको सूचक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । विशेष गरेर शिक्षा पत्रकारितमा रुचि राख्ने र शिक्षा क्षेत्रमा कलम चलाउदै आउनुभएका पत्रकार सिलवाल राष्ट्रिय समाचार समितिमा कार्यरत हुनुहुन्छ । सिलवालसहित सूचक प्रकाशनले साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा कार्यरत ६ जनालाई ‘सूचक सम्मान’ प्रदान गरेको हो ।
कार्यक्रममा सुगत बौद्ध महाविद्यालयका प्रमुख तीर्थरत्न शाक्यलाई ‘सूचक कृष्णबहादुर समाजसेवा पुरस्कार’, साहित्यकार नविना श्रेष्ठलाई ‘सूचक पद्मादेवी साहित्य पुरस्कार’, धातुपत्र कलाकार एकराज शाक्यलाई ‘सूचक कुवेरसिंह थ्वज्या माज्या कला पुरस्कार’, अधिकारवादी सीमा खानलाई ‘सूचक लिली प्रतिभा पुरस्कार’, साहित्यकार एवं उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलाई ‘सूचक रतन युवा साहित्य पुरस्कार’, प्रदान गरिएको हो ।
सम्मान प्रदानपछि इतिहासविद् प्राज्ञ प्रा दिनेशराज पन्तले समाजमा असल काम गर्नेहरुलाई प्रोत्साहन र सम्मानको परम्परालाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा धर्म टेलिभिजनका अध्यक्ष खेन्पो डा सोनम ग्यूर्मे तामाङ, पत्रकार कुमार रञ्जित, ‘सम्यक सन्देश’ द्वैमासिकका पत्रिकाका सल्लाहकार डा लक्ष्मण शाक्य सो प्रकाशन र पुरस्कार शृङ्खलाको निरन्तरताका लागि शुभेच्छा व्यक्त गर्नुभयो ।
प्रकाशनका अध्यक्ष दीपक भेटवालका अनुसार उक्त सम्मान विगत १५ वर्षदेखि निरन्तर प्रदान हुँदै आएको छ । कार्यक्रममा विभिन्न स्रष्टाका रचना वाचनसमेत गरिएको थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















