मतदान केन्द्र थपघट हुँदै, पुस ५ गतेसम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा
काठमाडौं, १९ पुस– निर्वाचन आयोगले वैशाख १७ र २७ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ । मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आइतबार आयोगको बैठक बस्दैछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले पनि यसअघि नै मतदान केन्द्र पुनरावलोकन गर्न निर्देशन दिएकाले सबै अवस्था विचार गरेर कतिपय फेरबदल हुने बताउनुभयो । त्यसका लागि आयोगले कार्यविधि स्वीकृत गर्दैछ । ‘हामी मतदान केन्द्र पुनरावलोकन गर्दैछौं । कतिपय केन्द्र नजिक छन् भने गाभिन्छन्, अपायक छ भने थपिन्छन् प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘राज्यव्यवस्था समितिले पनि हामीलाई भनेको छ । मतदान केन्द्रको टुंगो लगाएपछि नयाँ मतदाताको नाम पठाउनुपर्ने हुन्छ ।’
२०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय मतदान केन्द्र अपायक भएको भन्दै संसदीय समितिले पुनरावलोकन गर्न निर्देशन दिएको थियो । उक्त चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र राखिएका थिए । यसपटक मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोग स्रोतले जनाएको छ । आयोगले सामान्यतः एउटा मतदान केन्द्रमा करीब १ हजार मतदाता हुनुपर्ने मापदण्ड बनाएको छ । तर भौगोलिक विकटता, जनसंख्यालाई समेत हेरेर केन्द्रहरु निर्धारण गरिने आयोगले जनाएको छ ।
आयोगले मतदान केन्द्र टुंगो लगाएसँगै थपिएका नयाँ मतदाताहरुको नाम पनि अद्यावधिक गर्ने थपलियाले बताउनुभयो । प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएका नाम स्वतः मतदाता सूचीमा पर्नेछन् ।
थपलियाले भन्नुभयो, ‘हामीकहाँ मतदाता नामावली सधैं अद्यावधिक भइरहेको हुन्छ । १६ वर्ष पुगेको मान्छे जिल्ला प्रशासनबाट नागरिकता लिएपछि उसको नाम आयोगमा आउँछ । पुस ५ गते रातिसम्म १८ वर्ष पुगेकाहरु नयाँ मतदाता भएर आउँछन् । तर अब निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता नामावली संकलन र मतदाता नामावली सार्न पाइँदैन ।’ स्रोत नेपाल प्रेस
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















