‘संसद विघटन हुनु नै थियो, राजनीतिले तन्नेरीलाई कन्फ्युज बनायो’
विष्णु शर्मा
काठमाडौं, १८ पुस– सुरक्षा पन्तको भादगाउँले टोपीमा परिचयका धेरै प्वाँख छन् । एकसाथ उनी अभिनेत्री, इन्जिनियर, सामाजिक अभियन्ता र पत्रकार हुनुहुन्छ । यी भर्सटाइल तन्नेरीको अभिनय करियर अहिले उकालो लाग्दो छ ।
सेलेव्रिटी भएपछि सामाजिक र राजनीतिक घटनामा निरपेक्ष रहनुपर्छ भन्ने मान्यतालाई उहाँ अस्वीकार गर्नुहुन्छ । संसद विघटन, नेकपा विभाजन, तन्नेरीको मूड, सामाजिक विश्रृंखलता र फिल्म न्यारेटिभमा उहाँ एकसाथ आफ्ना अवधारणा राख्नुहुन्छ । हालैको एक चिसो अपरान्ह, नेपाल प्रेसको मीनभवनस्थित बगैंचामा सुरक्षा गफिइनुभो । यो गफ एउटा तन्नेरीले उसले बाँचिरहेको समयको आँखीझ्याल थियो ।

फिल्मको पटकथा र राजनीतिक पटकथामा समानता केही हुन्छ ? एउटा कलाकारले बाँचिरहेको समय र समाजको प्रभाव उसको मनोविज्ञानमा पर्छ वा पर्दैन ? तन्नेरी पुस्ता किन कन्फ्युज छ ?
कोभिड–१९ को असर र प्रभावले फिल्म, सोच र आउने समयलाई कसरी निर्देशित गर्नेछ ? यी आयाममा सुरक्षा वाचाल सुनिइनुभो । ‘यस्तो हुनु नै थियो’ संसद विघटन लक्षित सुरक्षाको यो एक लाइन वाक्यले वर्तमान राजनीतिक कोर्सप्रति युवाको असन्तुष्टिलाई व्यक्त गर्छ ।
पात्रभित्रै घुसिदिने मेथड एक्टिङको प्रवृत्ति सुरक्षाको फिल्मी स्टाइल हो । फिक्सनभित्र पनि नन–फिक्सन रुचाउने सुरक्षाले ‘आमा’ फिल्मभित्र कपाल खौरिएर एकसाथ फिल्ममा ‘एक्सट्रिम’ दृश्य निर्माण गरिदइन् र सामाजिक मूल्यलाई प्रश्न पनि ।
सुरक्षालाई लाग्छ –कोभिड १९ को बाबजूद नेपाली फिल्मको कथा भन्ने शैली, लगानी र संरचनागत आयाममा भयंकर बदलाव आउनेछैन बरु प्रविधिगत रुपमा केही स्वरुपमा परिवर्तन देखिनेछ । लकडाउन कालखण्डमा नेपाली दर्शकको ‘स्कूल अफ थट्’मा विकास भएको छ र आउने वर्ष यो सिनेम्याटिक लिट्रेसी नेपाली निर्मातालाई चुनौती बन्नेछ । स्रोत नेपाल प्रेस
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















