‘संसद विघटन हुनु नै थियो, राजनीतिले तन्नेरीलाई कन्फ्युज बनायो’
विष्णु शर्मा
काठमाडौं, १८ पुस– सुरक्षा पन्तको भादगाउँले टोपीमा परिचयका धेरै प्वाँख छन् । एकसाथ उनी अभिनेत्री, इन्जिनियर, सामाजिक अभियन्ता र पत्रकार हुनुहुन्छ । यी भर्सटाइल तन्नेरीको अभिनय करियर अहिले उकालो लाग्दो छ ।
सेलेव्रिटी भएपछि सामाजिक र राजनीतिक घटनामा निरपेक्ष रहनुपर्छ भन्ने मान्यतालाई उहाँ अस्वीकार गर्नुहुन्छ । संसद विघटन, नेकपा विभाजन, तन्नेरीको मूड, सामाजिक विश्रृंखलता र फिल्म न्यारेटिभमा उहाँ एकसाथ आफ्ना अवधारणा राख्नुहुन्छ । हालैको एक चिसो अपरान्ह, नेपाल प्रेसको मीनभवनस्थित बगैंचामा सुरक्षा गफिइनुभो । यो गफ एउटा तन्नेरीले उसले बाँचिरहेको समयको आँखीझ्याल थियो ।

फिल्मको पटकथा र राजनीतिक पटकथामा समानता केही हुन्छ ? एउटा कलाकारले बाँचिरहेको समय र समाजको प्रभाव उसको मनोविज्ञानमा पर्छ वा पर्दैन ? तन्नेरी पुस्ता किन कन्फ्युज छ ?
कोभिड–१९ को असर र प्रभावले फिल्म, सोच र आउने समयलाई कसरी निर्देशित गर्नेछ ? यी आयाममा सुरक्षा वाचाल सुनिइनुभो । ‘यस्तो हुनु नै थियो’ संसद विघटन लक्षित सुरक्षाको यो एक लाइन वाक्यले वर्तमान राजनीतिक कोर्सप्रति युवाको असन्तुष्टिलाई व्यक्त गर्छ ।
पात्रभित्रै घुसिदिने मेथड एक्टिङको प्रवृत्ति सुरक्षाको फिल्मी स्टाइल हो । फिक्सनभित्र पनि नन–फिक्सन रुचाउने सुरक्षाले ‘आमा’ फिल्मभित्र कपाल खौरिएर एकसाथ फिल्ममा ‘एक्सट्रिम’ दृश्य निर्माण गरिदइन् र सामाजिक मूल्यलाई प्रश्न पनि ।
सुरक्षालाई लाग्छ –कोभिड १९ को बाबजूद नेपाली फिल्मको कथा भन्ने शैली, लगानी र संरचनागत आयाममा भयंकर बदलाव आउनेछैन बरु प्रविधिगत रुपमा केही स्वरुपमा परिवर्तन देखिनेछ । लकडाउन कालखण्डमा नेपाली दर्शकको ‘स्कूल अफ थट्’मा विकास भएको छ र आउने वर्ष यो सिनेम्याटिक लिट्रेसी नेपाली निर्मातालाई चुनौती बन्नेछ । स्रोत नेपाल प्रेस
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















