फोटो फिचरः वालिङमा छाडा चौपाया ब्यवस्थापनको लागि गौसाला
हिमलाल पराजुली
स्याङ्जा, १७ पुस– समस्याको विषय बन्दै आएका छाडा चौपायाको ब्यवस्थापनको लागि वालिङमा गौसाला संचालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित सहयोग इकाई पोखराको रु १५ लाख र वालिङ नगरपालिकाको रु १५ लाख गरि रु ३० लाखको लागतमा वालिङ नगरपालिका ८ र १० मा पर्ने घ्वाङखोला सामुदायीक बनको गौचरन क्षेत्रमा स्वार्गाश्रमा गौसाला निर्माण गरेर संचालनमा ल्याइएको हो ।

छाडा चौपायाले किसानको खेतीबाली खानुका साथै सड्कमा दुर्घटना समेत बढाएकोले गौसाला सञ्चालनमा ल्याइएको वालिङ नगरपालिका १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताउनुभो । गैह्रले भन्नुभयो, “अन्नबाली छाडा चौपाँयाले खाएर क्षेती पुर्याएको भन्दै पटकपटक किसानहरुबाट गुनासो आएपछि हामीले सामुदायीक बनको करिब १ सय ३० हेक्टर चरन क्षेत्रमा गौसाला निर्माण गरेर सञ्चालनमा ल्याएकाहौ,।” सुरुको केही महिना ८ नम्बरको वडा अध्यक्ष कमल सुवेदी र आफुले खर्च बेहोर्ने गरि दुई जना गाई हेरालु राखेको र सहयोग उठाँएर दानपानीको ब्यवस्थान गर्दै आएकोमा अहिले गौसाला ब्यवस्थापन समितिको गठन गरेर सञ्चालनको जिम्मा समितिलाई दिएको र आफुहरुले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष गैह्रेले बताउनुभयो ।

स्वार्गाश्रम गौसाला व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पराजुलीले मानव कल्याणको लागि गाईको धेरै महत्व रहेकोले आफुहरु छाडा चौपाँया संगै गाईको ब्यवस्थापनमा लागेको बताउनुभयो । समितिका अध्यक्ष पराजुलीले दानदाताहरुको सहयोगमा राम्रो संग ब्यवस्थापन गरेर गौसाला सञ्चालन गरिएकोे बताउनुभयो । गाईको मलमुत्रका साथै दूधबाट बिभिन्न प्रकार सामग्रीहरु समेत निर्माण गर्ने योजना अनुसार आफुहरुले काम गरिरहेको र सबैलाई यो अभियानमा सहयो गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

छाडा चौपायाको ब्यवस्थापनमा जुटनुभएका ८ नम्बरका वडा अध्यक्ष कमल सुवेदीले दुई जना गाई हेरालु गौसालामै बसेर दिउसोमा गाईलाई चरानको लागि लैजाने र साँझ बिहान गौसालामै रेखदेख गर्ने गरेको बताउनुभयो । वालिङ बजार देखि केही माथि डाँडाँको एकान्त ठाउँमा निर्माण गरिएको गौसालाबाट बजारबासीले गहुत ल्याएर उपभोग समेत गर्ने गरेकाछन् । बिहान घुम्न जानेहरुले गौसाला सम्म पुगेर बोलतमा गाईको गहुत लिएर फर्कने गरेको गौसाला ब्यवस्थापन समितिले जनाएको छ । छाडा चौपायाको ब्यवस्थापनले किसानको अन्नबालिमा क्षेती हुनबाट जोगाएकोछ भने दैनिक रुपमा गौसालामा बढ्दै गएका चौपायाको ब्यवस्थापनमा भने चुनौती बढ्दै गएको छ । यो समाचार तयार पार्दा सम्म गौसालामा ३४ गाई रहेकोछन् । गौसालामा गाईलाई संरक्षण गरेर राखिए संगै हिन्दुधर्म अनुसार पुँजा आजामा गाईको गहुत र गोबर लैजानुका सार्थै गाईलाई पुँजा गर्न गौसालामा आउनेहरुको संख्या बढ्दै गएको छ


ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















