आयआर्जन बढाउन कुखुराका चल्ला वितरण
वालिङ, १७ पुुस– वालिङ नगरपालिका वडा नम्बर ५ को दलित बस्तीमा कुखुराका चल्ला वितरण गरिएको छ । दलित समुदायको आयआर्जन बढाउने उद्देश्यले दलित बस्तिमा चल्ला वितरण गरिएको हो । आयआर्जनमा जोड दिने गरी विनियोजन गरेको रकमबाट दलित उत्थान सञ्जालले वडाका ७४ दलित घरपरिवारलाई चार सय ४४ वटा गिरीराज जातका कुखुराका चल्ला तथा एकसय ६२ किलो दाना वितरण गरेको हो ।
चल्ला वितरण कार्यक्रममा बेल्दै नगर प्रमुख दिलीपप्रताप खाँणले आत्मनिर्भर बन्नका लागि ब्यवसायिक उत्पादनमा जोडिनु आवश्यक रहेको बताउनुभयो । ब्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्याहरुलाई समाधानको लागि नगरपालिकाले सहयोग गर्नुका साथै उत्पादित बस्तुको बजारीकरणको ब्यवस्थासमेत मिलाउने बताउनुभयो ।
“ब्यवसायको थालनी गर्नुहोस्, सञ्चालनका क्रममा आर्थिक लगायत अन्य समस्याहरु परेमा नगरपालिकाले सहजीकरणको भूमिका खेल्नेछ” नगर प्रमुख खाँणले भन्नुभयो, “कृषि तथा पशुपालन गर्नेहरुका लागि नगरपालिकाले बीउ पूँजी तथा बैंकहरुसँगको समन्वयमा सस्तो ब्याजदरका कर्जाका साथै नगरपालिका जमानी बसेर विना धितो कर्जा उपलब्ध गराउने छौं ।”
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















