आयआर्जन बढाउन कुखुराका चल्ला वितरण

वालिङ, १७ पुुस– वालिङ नगरपालिका वडा नम्बर ५ को दलित बस्तीमा कुखुराका चल्ला वितरण गरिएको छ । दलित समुदायको आयआर्जन बढाउने उद्देश्यले दलित बस्तिमा चल्ला वितरण गरिएको हो । आयआर्जनमा जोड दिने गरी विनियोजन गरेको रकमबाट दलित उत्थान सञ्जालले वडाका ७४ दलित घरपरिवारलाई चार सय ४४ वटा गिरीराज जातका कुखुराका चल्ला तथा एकसय ६२ किलो दाना वितरण गरेको हो ।
चल्ला वितरण कार्यक्रममा बेल्दै नगर प्रमुख दिलीपप्रताप खाँणले आत्मनिर्भर बन्नका लागि ब्यवसायिक उत्पादनमा जोडिनु आवश्यक रहेको बताउनुभयो । ब्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्याहरुलाई समाधानको लागि नगरपालिकाले सहयोग गर्नुका साथै उत्पादित बस्तुको बजारीकरणको ब्यवस्थासमेत मिलाउने बताउनुभयो ।

“ब्यवसायको थालनी गर्नुहोस्, सञ्चालनका क्रममा आर्थिक लगायत अन्य समस्याहरु परेमा नगरपालिकाले सहजीकरणको भूमिका खेल्नेछ” नगर प्रमुख खाँणले भन्नुभयो, “कृषि तथा पशुपालन गर्नेहरुका लागि नगरपालिकाले बीउ पूँजी तथा बैंकहरुसँगको समन्वयमा सस्तो ब्याजदरका कर्जाका साथै नगरपालिका जमानी बसेर विना धितो कर्जा उपलब्ध गराउने छौं ।”

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal