छोराको कमाई देखेर बृद्ध आमा दङ्ग
कला राना
स्याङ्जा १६ पुस– गल्याङ नगरपालिका ११ दिमिककी ६५ वर्षीया टोपला अधिकारी यतिबेला दङ्ग हुनुहुन्छ । बृद्धअवस्थामा साथमै छोरा अनि छोराको कमाईले उहाँलाई दङ्ग बनाएको हो । टोपलाका ४५ वर्षीय छोरा सुर्यप्रसाद अधिकारीले १५ वर्ष विदेशी भूमिमा बिताए पनि साहारा चाहिने बेलामा साथमै छोरा अनि छोराको कमाईले उहाँलाई निकै खुसी तुल्याएको छ । सुर्यप्रसादले सुर्य दर्शन एग्रो फार्म दर्ता गरेर हाल दैनिक ५० लिटर दुध विकृ गर्दै आउनुभएको छ ।
अधिकारीले ९ वटा दुहुना गाई भैंसीबाट दैनिक पचास लिटर दूध विकृ गरेर मासिक करिब ५० हजार कमाउदै आउनु भएको छ । खर्च कटाएर वार्षिक ६ लाख रुपैया कमाई हुने अधिकारीले बताउनुभयो । पशुपालन व्यावसाय संगसंगै अधिकारीको फर्ममा च्याउ समेत उत्पादन गर्दै आउनुभएको छ । फार्ममा २५ लाख लगानी गरेको बताउदै अधिकारीले यसमै भविष्य देखेर बिहान देखि बुलुका सम्म फार्ममै व्यस्त हुने गरेको बताउनुभयो । अधिारी भन्नुहुन्छ, ‘सरकारको सहयोग पाएमा भविस्यमा च्याउ खेती, माछापालन, कुखुरा, टर्कीपालन संगै गाउँलाई नै फाम स्टे बनाउने योजना छ ।’ कृषि तथा पशुमा अध्ययन तथा अनुसन्धान गर्न आउन चाहानेहरुलाई आवास सहितको फामस्टे बनाउने बनाउने योजनामा रहेको उहाँले बताउनुभयो ।

६५ वर्षकी आमाको साथ र दुई जना कामदार राखेर कृषि कर्ममा लागेको कृषक अधिकारीले बताउनुहुन्छ । सकरात्मक सोचको विकास हुँन नसक्दा कामदार पाउन गाह्रो हुनेगरेको अधिकारीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश छाडेर विदेश जाँदा जुन काम पनि हामी गछौँ तर आफ्नै गाउँठाउँमा काम गर्ने प्रवृत्तिको विकास छैन् । सकरात्मक सोँचको अलि कमीका कारण कामलाई ठुलो र सानो भनेर हेर्न गर्दा कामदार पाउँन गाह्रो छ ।’ विदेशमा राम्रै पैसा कमाएर पोखरामा परिवारलाई व्यवस्थापन गरिसक्नुभएका अधिकारीलाई गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीको हौसला र आफ्नै ठाउँमा केही गनुपर्छ भन्ने स्वंयम आफ्नो अठोटले आफ्नै जन्मथलोलाई विकास गर्ने प्रेरणा मिलेको हो । झण्डै दुई वर्षदेखि फार्ममा लाग्नुभएका अधिकारीको काम र दाम देखेर अधिकारीकी आमा समेत खुसी हुनुहुन्छ । सुर्यप्रसादकी आमा टोपला अधिकारी भन्नु हुन्छ, ‘काम नगरी बस्नु हुदैन काम गरे हाम्रो शरिरका विभिन्न अंग सञ्चालनमा आउँछन् । व्यायाम पनि हुन्छ, त्यसैले स्वस्थ हुनका लागि पनि आँफुले सक्दो काम गर्नु पर्छ घरमै बसी बसी छोराले नगदेबाली च्याउ र दूध बचेर हातमा पैसा समाउँदा खुशी लागेको सुर्यप्रसादकी आमा टोपला अधिकारीले बताउनु भयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















