चलचित्र ‘अमूल्य प्रेम’ लाई आर्थिक सहयोग
स्याङ्जा, १६ पुस – नेपाली कथानक चलचित्र ‘अमूल्य प्रेम’ का लागि गल्याङ बजारका व्यावसायी तथा समाजसेवी कृष्णप्रसाद भट्टराईले आर्थिक सहयोग गर्नुभएको छ ।
गल्याङ नगरपालिका ३ गल्याङ बजारमा हंग्री हन्ट क्याफे एण्ड रेष्टुरेण्ट संचालन गर्दै आउनुभएका भट्टराईले चलचित्र निर्माण गरेको संस्था हाम्रो साथ नेपाललाई रु पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
गल्याङ उद्योग वाणिज्य संघका महासचिव, लायन्स क्लब अफ गल्याङ सिटिका सचिव तथा नेपाल तरुण दल गल्याङ नगर समितिका अध्यक्ष समेत रहनु भएका भट्टराईले सहयोग रकम हस्तान्त्रण गर्दै स्याङ्जामा पहिलो पटक निर्माण गरिएको चलचित्रको सफलताको शुभकामना समेत व्याक्त गर्नुभयो । गल्याङका युवाहरुले जिल्लामै भएको स्रोतसाधन र जनसक्तिको प्रयोग गरेर चलचित्र निर्माण गरिएकोमा खुसि लागेको भट्टराईले बताउनुभयो ।
उहाँले युवाहरुको रचनात्मक कामलाई समर्थन र सहयोग गर्नु समाजका हरेक व्यक्तिको कर्तव्य भएकोले आफुले संस्थालाई आर्थिक सहयोग गरेको बताउनुभयो ।
हाम्रो साथ नेपाल स्याङ्जाका संयोजक नारायण विश्वकर्माले सबैको साथ र सहयोगले चलचित्र निर्माणको काम सफल बनेको बताउनुभयो । उहाँले चलचित्र ‘अमूल्य प्रेम’ लाई आर्थिक सहयोग गरेकोमा समाजसेवी भट्टराईलाई धन्यवाद दिनुभयो ।
कथा निर्देशक तथा चलचित्र निर्माण समितिका अध्यक्ष तारा कुमार परियारले चलचित्र ‘अमूल्य प्रेम’ का सबै कथा स्याङ्जामा मात्र छायाङ्कन भएको र चलचित्रमा स्याङ्जाका मात्रै कलाकारहरुले अभियनय गरेको बताउनुभयो ।
चलचित्र ‘अमूल्य प्रेम’ निर्माण समितिका प्रवक्ता उदयराज भण्डारी ‘अतित’ ले चलचित्रको दोस्रो सो यहि आउँदो पुस १८ गते सनिबार गल्याङ बजारमा रहेको पुरानो फिल्म हलमा प्रदर्शन हुने जानकारी दिनुभयो ।
चलचित्रमा तिलक श्रेष्ठ, सोनिया सुनार, तारा कुमार परियार, नारायण विश्वकर्मा, ऋतुराज मोहन, सुहाना थापा, उदयराज भण्डारी ‘अतित’ सपना थापा लगाएत दर्जनौँ कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र ‘अमूल्य प्रेम’ को कथा÷निर्देशक तारा कुमार परियारले गर्नुभएको छ । छायाङ्कन नारायण विश्वकर्मा र सम्पादन सागर क्षेत्रीले गर्नुभएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















