वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँचको शुरुवात

वालिङ, १४ पुस– वालिङमा मंगलबारबाट ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच कार्यको सुरुवात गरिएको छ । विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुद्वारा ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने काम थालेको नापी टोलीका प्रमुख ज्योति शाहले बताउनुभयो ।
‘डिजिटल प्रविधि’ को प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, ब्यक्तिका फरक फरक रहेका टुक्राटुक्री जग्गाहरुको तथ्याङ्क एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने टोली प्रमुख शाहले बताउनुभयो ।
“पहिला फिता लिएर जग्गा जमीनमै जानुपर्ने अवस्था थियो, उक्त विधिप्रति विवाद पनि देखिन्थ्यो” टोली प्रमुख शाहले भन्नुभयो, “‘डिजिटल प्रविधि’ को प्रयोगले साँध सँधियारहरुले हचुवाका भरमा देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने छ ।”
जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरु ‘डिजिटल प्रविधि’ को प्रयोगसँगै हराउँदै जाने टोली प्रमुख शाहलको भनाइरहेको छ ।
वालिङ नगरपालिका १ बाट शुरु गरिएको नाप जाँच कार्यलाई जिल्लाका अन्य तहहरुमा पनि पु¥याईने बताईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले बताउनुभयो ।


‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
जमीनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाइन प्रणालीबाट विवरणहरु लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको माग अनुसार अगाडि बढेको नगरप्रमुख खाँणले बताउनुभयो ।
“विगतमा फिता लिएर जग्गा नापी गर्दा शतप्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरु देखिन्थ्यो” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यक्तिगत तथा सार्वजनिक जग्गाहरुको यथार्थ स्थिति पत्ता लागउन र विश्वसनियता तथा साँध सँधियारबीच विवादरहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।”

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal